टोक्यो, जापानमा कार्यरत विदेशी कामदारका समस्याहरू सुन्ने र आवश्यक सल्लाह सुझाव दिने उद्देश्यले जापान सरकारको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय (Ministry of Health, Labor and Welfare) ले विभिन्न भाषामा हेल्प लाइन सञ्चालनमा ल्याएको छ ।
नेपाली राजदूतावास टोकियो, जापानले शुक्रवार प्रकाशन गरेको सुचना अनुसार नेपाली भाषीहरूका लागि प्रत्येक हप्ताको बुधबार बेलुका ५ बजेदेखि १० बजेसम्म र आइतबार बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म उक्त सुविधा उपलब्ध हुँदै आएको छ ।
जापानमा रहेका जोकोही नेपालीले गर्दै आएको काम र सम्झौता बमोजिम पाउनुपर्ने सेवा सुविधा लगायतका विषयमा कुनै समस्या/गुनासा भएमा ०१२०- ५३१ ४०८ मा फोन सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।
स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयले “विदेशी श्रमिक लक्षित परामर्श डायल” स्थापना गरेर, नेपाली भाषा लगायत अन्य १३ भाषामा विदेशी श्रमिकहरुलाई परामर्श सेवा उपलब्ध गराउने गरेको छ।
“विदेशी श्रमिक लक्षित परामर्श डायल”मा, श्रम सर्तसँग सम्बन्धित समस्याहरू बारे, ऐन कानुनको व्याख्या या सम्बन्धित संस्थाहरूको परिचय आदि गरिन्छ । “विदेशी श्रमिक लक्षित परामर्श डायल”मा गरिने परामर्शमा, ल्याण्ड लाइन फोनबाट प्रत्येक ३ मिनेटको ८.५ येन (कर सहित) र मोबाइलबाट हरेक ३ मिनेटको १० येन (कर सहित) शुल्क लाग्ने उल्लेख छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस