चितवन इक्यान को सम्पन्न १२ औं साधारण सभा तथा सातौ अधिबेशन भयको चार महिना बित्न नपाउदै कार्यसमितिमा निर्बाचित सदस्य हरु बीच भयको अन्तरिक द्वन्दको बिषयलाई लाई चितवन जिल्ला सदस्य सन्तोष लोहनीले सबै व्यावसायि बीचमा ल्यायर आफ्नो भनाइ राख्दै जिल्ला सदस्य पदबाट राजिनामा दियको जानकारी सबै चितवन इक्यान व्यावसायि साथी हरुलाई दियका छन् भने कार्य समिती सदस्य अन्य भने नतमस्तक बनेर चुपचाप बसेका छन् ।
सन्तोष लोहनी अगाडी थप्छन् कार्यसमिति सदस्य हरु बीच अन्तरिक द्वन्द भयर सदस्य ले राजिनामा दियको घटना यो पहिलो भने होइन र आज सम्म राजिनामा दियको यस्तो घटनामा कति भय तर कार्यसमिति सदस्य हरुले दियको राजिनामा दियको स्वीकृत गर्ने हैसियत राख्नु को सट्टा अन्य सदस्य ले थाहा पाउछन् कि भने जस्तो गरेर राजिनामा दिने सदस्य लाई ललिपप दियर सम्मे गर्ने गरेका थिय तर यस पटक भने त्यो हुन दिने छैन ।
म सबै व्यावसायि साथी हरुले जितायर आयको हो र मैले उमेद्वारी दिने बेलामा नै मैले गर्ने कार्य को बारेमा सबै कुरा साथी हरुलाई जानकारी गरायर उमेद्वारी दियको हो र मैले तिनै प्रतिज्ञा गरे अनुसार को काम गर्न सक्छु भनेर मलाई व्यावसायि साथी हरुले जिताउनु भयको हो र मैले प्रतिज्ञा गरे अनुसारको काम गर्न सक्दिन अरुकसैले मलाई काम गर्न बाट रोक्छ भने ब्यबसाही साथीको अगाडी मैले शिर झुकायरा लाज पचायर हिड्न सक्दिन म काम गर्न भनेर आयको हो अरुको जस्तो मंच मा बसेर खादा लगाउन आयको होइन माला र खादा लगाउने ठाउँ अन्त पनि छन् व्यावसायि साथीको अगाडी शिर झुकायरा लाज पचायर, खादा लगायर ठुलो मान्छे बन्नु भंन्दा राजिनामा दियको राम्रो हुन्छ भनेर मैले आजका मितिबाट सबै साथी हरुलाई जानकारी गरायर राजिनामा दिय।
सबै कार्य कार्यसमितिका साथी हरुलाई मेरो अनुरोध के छ भने मैले राजिनामा दिय पनि मैले उठायका कुरा हरु कि गलत हुन् भनेर सबै व्यावसायि सदस्य साथी हरुलाई जानकारी दिनुस कि पुरा गरेर देखाउनुहोस । यो दुवै गर्न सक्नुहुदैन भने म जस्तै राजीनामा दिनुस, पदमा बस्नु को कुनै औचित्य छैन।
सन्तोषले गर्न चाहेका तर गर्न नदियका भनेर लगायका आरोप हरु यस्ता छन् ।
१) बर्षमा TITI देखी अन्य English Speaking Country को १० वटा भन्दा धेरै ट्रेनिङ गराउने, जुन हुँदैन भनियो, खर्च धान्न सक्दैन भनियो । ट्रेनिङ सच्चिकै राम्रो आउँदा हामी केही ट्रेनिङ फी भनेर लिन सक्ने थियौं होला ।
२) भ्रामक प्रचार गर्ने, नाम एउटा धन्दा अर्को चलाऊने लाई इक्यान बिधान अनुसार कारबाही गराउने, जुन इक्यान शाखा का मेम्बर हरु आँफै गर्दै छन ।
३) च्याउ जसरी बिना स्विक्रिती अनी बिना दर्ता उम्रिएका जस्ले ईडिट गरेर TITI Certificate बनाइ अफिस चलाइरहेका छन तुरुन्त पत्राचार गरी कारबाही गर्न जिल्ला प्रशासन सँग अनुरोध गराउने, जुन सदस्य आँफै मेरो शाखा यत्ती पुग्यो भन्दै बसेका छन ।
४) British Council र IDP ले दिदै आएको IELTS पारीक्षा लाई प्रभाबकारी बनाउने ।
५) एउटा कपाल काट्ने अनी जुत्ता सिलाउने सघंले आफ्नो हरेक कामको मुल्य तय गरेको छ । त्यसमा एकरुपता ल्याउन केन्द्र सँग सहकार्य गर्ने ।
६) Team Work गराउन अनी एक ले अर्काको कुरा नकाटी कसरी अघी बढ्न सकिन्छ भन्ने Trainer ब्यबस्था गरी Motivation Training दिने ।
७) PTE को परिक्षामा भएको असुबिधा प्रती अनुगमन तथा सुधारको लागि तुरुन्त प्रस्तुत हुने ।
८) नयाँ मेम्बरशिप लिने ले Online Apply गर्न मिल्ने Portal को लागि इक्यान केन्द्र सँग तुरुन्त पहल गर्ने ।
९) बेला बेलामा ECAN केन्द्र ले जानकारीनै नदीई जुनसुकै इक्यानमा सदश्यता लियको संस्थामा छड्के गर्न पाउने ब्यबस्था मिलाउन केन्द्र सँग तुरुन्त सहकार्य गर्ने ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस