
भरतपुर । भरतपुर महानगरपालिका वडा नं-२, पोखरा बसपार्कस्थित दीप होटल एण्ड लजमा बास बसेका एक मानिस शुक्रबार बिहान १०ः१५ बजे मृत अवस्थामा फेला परेका छन् ।
दीप होटल एण्ड लजको पहिलो तलाको कोठा नं ३ मा चैत १५ गते होटलको इन्ट्री बुकमा भक्तपुर-६ लेखाई बसेका ४० वर्षीय राजेन्द्र थाँ श्रेष्ठ कोठामा सुतेको र सरसफाइ गर्न जाने व्यक्तिले बोलाउँदा नबोलेपछि मृत्यु भइसकेको अवस्थामा रहेको भन्ने खबर प्राप्त भएको थियो ।
उक्त होटलमा मृतकका दाइ आएपश्चात शवको मुचुल्का गरी पोस्टमार्टमका लागि शुक्रबार राति ११ः३० बजे भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस