
भरतपुर । शिव अर्याल र अनिता सुनारको स्वरमा रहेको ‘माया कति छ भने’ बोलको गीत सार्वजनिक भएको छ । लोक जनराको उक्त गीत शुक्रबार शिव अर्याल अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गढी दुग्ध उत्पादक सहकारी संस्थाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा गायक शिवकै शब्द तथा लय छ । गीतमा दीपक संगम बिसीको एरेन्ज छ । गीत मधुमाला स्टुडियोमा रेकर्ड गरिएको हो ।
काठमाडौंमा छाँयाकन गरिएको गीतको भिडियो सागर ज्ञवालीले निर्देशन गरेका हुन् । भिडियोमा शिव र रिना गुरुङको अभिनय छ । हरि ढकालले खिचेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।
गीतमा माया प्रेमको कथालाई उठाईएको छ । पत्रकार सम्मेलनमा गायक शिवले दोस्रो कोशेलीको रुपमा ‘माया कति छ भने’ बजारमा ल्याएको बताए । उनको यस अघि आधुनिक जनराको गीत बजारमा आइसकेको छ । यो गीत राम्रो हुने अपेक्षा रहेको उनले बताए ।
भरतपुर १६ निवासी शिव गायनसँगै गढी दुग्ध उत्पादक सहकारी संस्थाको व्यवस्थापकको रुपमा कार्यरत छन् । उनले सहकारीको व्यवस्थापकसँगै सांगितिक क्षेत्रलाई पनि निरन्तरता दिने बताए । तीज लगत्तै अर्को गीत सार्वजनिक गर्ने तयारी रहेको पनि उनले जानकारी दिए ।
https://www.youtube.com/watch?v=gNGs0EiiI2M
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस