चितवन । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ।क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो।
वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६० रन जोड्यो।वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचर सर्वाधिक ४३, कप्तान रोस्टन चेस २३ र गुडाकेश मोतीले ३३ रनको योगदान गरे।
नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान २\२ विकेट लिए।त्यस्तै, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले समान १\१ विकेट लिए।हिजो भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ४ विकेटले पराजित भएको थियो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस