हब एजुकेशन एक्स्पर्ट काउन्सेलिङ्ग ले भोलि बैसाख ९ गते (अप्रिल २१ तारिख) लायन्स चौक नारायणघाट इस्थित आफ्नै अफिसमा यूके एजुकेशन फेयर–२०२४ आयोजना गरेको छ।
बिहान ११ बजेबाट सुरू हुने एजुकेशन फेयरमा बिना IELTS UK जान चाहने विद्यार्थीले बेलायतबाट आएका विश्वविद्यालयका प्रतिनिधि Mr. Tom Girandon Regional Manager University of Roehampton लाई भेटेर आफ्नो मनमा लागेको यूके सम्बन्धि जिज्ञासा मेटायर यूके को बारेमा सबै जानकारी लिने अवसर प्राप्त गर्ने अवसर पाउने छन्।
विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूबाट प्रत्यक्ष रूपमा विद्यार्थीहरूले परामर्श प्राप्त गर्न सकिने हुँदा सो शैक्षिक मेलाले विद्यार्थीहरूलाई बेलायतमा अध्ययनका विषयमा पूर्ण रूपमा जानकारी प्राप्त गर्न सकिने आयोजकले जानकारी दिएको छ ।
शैक्षिक मेलामा हब एजुकेशन एक्स्पर्ट काउन्सेलिङ्ग समूहले विद्यार्थीलाई विदेश अध्ययनका लागि आवश्यक प्रक्रिया, अनुमानित लागत र विदेश अध्ययनका लागि जानुअघिको तयारी लगायतका विषयमा समेत परामर्श प्रदान गर्नेछन् ।
हब एजुकेशन एक्स्पर्ट काउन्सेलिङ्ग ले अमेरिका, अष्ट्रेलिया, न्युजिल्यान्ड, बेलायत, लगायतका राष्ट्रमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई परामर्श दिँदै आएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस