चितवन ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले विभिन्न भारतीय कम्पनीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौंमा आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलन शुरु भएको छ । उद्घाटनसत्रमा उनले भने, “व्यापारिक सुविधालाई प्रोत्साहन मात्र नभएर व्यापारका अवसर पनि बढाउन मद्दत हुने बताए। नेपालले विद्युत् निर्यात पनि हुनुका साथै जसबाट दुई देशकाबीचका सम्बन्धमा नयाँ आयाम पनि थपिने विश्वमस व्यतm गरेका छन् । ”
नेपालको विकासका लागि आगामी दिनमा भारतीय सहयोग रहिरहने प्रतिबद्धता पनि गरे । राजदूत श्रीवास्तवले भने, “हामीले एकीकृत चेकपोष्टको निर्माण गरिरहेका छौँ । केही बनिसकेका छन् केही बन्ने क्रममा छन् । त्यसैगरी अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि काम भइरहेको छ । ऊर्जा व्यापारमा दीर्घकालीन सम्झौता पनि भएको छ । हामी आपसी सहकार्यमा विभिन्न क्षेत्रमा काम गरी नै रहेका छौँ ।”
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस