मुग्लिङ, १७ चैत । आज बिहान त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैको पहिचान खुलेको छ ।
जसअनुसार सो दुर्घटनामा ज्यान गुमाउनेनमा गोरखा नगरपालिका–७ की ७० बर्षिया जुनकिरी रोकाया, ४१ वर्षका हरिमाया रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् ।
१८ वर्षका दिवस रोकाया भने त्रिशुली नदीमा हराइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । उनका अनुसार खोजी कार्य जारी राखिएको छ ।
ट्याक्सी चालक गोरखा ७ कै ३५ वर्षका अर्जुन शिर्मल रहेको जनाउँदै चितवन प्रहरीले उनीहरू बाबुको दाहसंस्कार गरी गोरखामा किरिया पुत्री बस्न जान लागेका थिए । थप विवरण आउन बाँकी छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस