चितवन, नेपाल प्रेस युनियन चितवनले आसन्न नेपाल पत्रकार महासंघ चितवन शाखाको वार्षिक साधारणसभा तथा अधिवेशन रोक्न माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ ।
युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीलाई ध्याकर्षण पत्र बुझाए । सो क्रममा बोल्दै अध्यक्ष ढकालले प्रेस युनियनको केन्द्रीय कार्यक्रम अन्तरगत महासंघलाई ध्यानाकर्षण पत्र बुझाईएको बताए । उनले सदस्यता टुंगो नलाग्दासम्म तत्काल अधिवेशन स्थगित गर्न माग समेत गरे । मागलाई बेवास्ता गरिए जस्तोसुकै कदम पनि चाल्न सक्ने चेतावनी समेत दिए ।
ध्यानाकर्षणपत्र बुझ्दै महासंघका अध्यक्ष अधिकारीले युनियनको पत्रले आफ्नो ध्यानाकर्षण भएको भन्दै वार्ता र छलफलबाट समस्या समाधान गर्ने विश्वास दिलाए । महासंघ चितवनले यही चैत २४ गते अधिवेशन बोलाएको छ । कार्यक्रममा युनियनका जिल्ला उपाध्यक्ष प्रस्ताव सुवेदीले ज्ञापनपत्र वाचन गरेका थिए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा युनियनका केन्द्रीय सदस्य अर्जुन अधिकारी, जिल्ला सल्लाहकार सूर्यप्रसाद अधिकारीलगायत जिल्ला पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । यस्तै महासंघको तर्फबाट अध्यक्ष अधिकारीसंगै उपाध्यक्ष प्रकाशमणि ज्ञवाली र सचिव दीपेन्द्र अधिकारीको उपस्थिति रहेको थियो ।
प्रेस युनियनको हालै इटहरीमा सम्पन्न केन्द्रीय समितिको बैठकले सदस्यता टुंगो नलागेसम्म अधिवेशन रोक्न माग गर्ने निर्णय गरेको थियो । त्यसका लागि सबै जिल्ला शाखाहरुलाई ज्ञापनपत्र बुझाउन निर्देशन समेत दिएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस