• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २५, मंगलबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

म, मेरो देश र सरकार

April 28, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
म, मेरो देश र सरकार


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

■ पदम भट्टराई

आफ्नै मुलुकमा
मस्त निन्द्रामा परेर
देशबारे चरम सपनाहरु देख्दैछु !

सडकका फराकिला पेटीहरुमा
कोही विकलाङ्गी ह्वीलचेयरमा
यताउति गर्दैछन्
कोही चटकेहरु जादु देखाएर
बटुवा र पर्यटकलाई लोभ्याएको
सुन्दर तमासा…
…
…
यस्तो पो विकास !
अनि यस्तो पो सरकार !!

घरघरका चुल्होहरुमा
कति मजासँग
ग्यासकै ओभन र ग्रीलमा
चिकेन, मटन र पोर्क, अनि
फ्रुजन बिफ र ल्याम्पका
मिठा मिठा मनपर्ने परिकार पाक्दै गर्दा
मेची र कालीभित्र
ताप्लेजुङदेखि झापा,
नपादेखि गापा
हुम्ला दार्चुलादेखि कञ्चनपुर,
सबैलाई पुगेकै छ भरमग्दुर ।
काठमाडौको मेट्रो रेल चढेर,
कहिले प्रदेश मुकाम हेटौँडा,
अनि कहिले परिवारसँग दमकतिर,
अनि
पूर्व पश्चिम रेलको यात्रमा देखिने मनोरम दृश्य,
नदीहरुमा निरन्तर चलेका स्टीमर,
खोजेर नभेटिने खोलाहरुका झलुङे पुल १
मन्दिर, चर्च र मस्जिदहरु,
जोडिएर बनेका छन,
आहा !
कतै छैन कोलाहल
कतै छैन हाहाकार
यस्तो पो विकास !
अनि यस्तो पो सरकार !!

आहा !
हेर्दाहेर्दै
आफ्नै देशको कारखानामा
चौबिसै घन्टा ‘आइफोन १६ एभरेस्ट’
र
‘सामसुङ्ग १७ एस केटीएम’ जस्ता
महँगा मोबाइल र ट्यापहरु
बनेको देख्दा
मन हर्षले तरङ्गित भएर आउँछ,
अर्जेन्टिना, ताइवान र रसियाबाट
वर्किङ्ग भिषामा आउनेहरु
डेड दर्जन त
मेरै स्टोर्समा आवासीय कामदार भएर,
बसेका छन्,
मासिक तलब, खानपिन र स्वास्थ्य बिमा,
अनि ओटीको भत्तादेखि टिए र डिएसम्म
कहाँ म आफ्ना परिवार मात्रै भनेर..
कहाँ म छिमेकी मात्रै भनेर..
रहन सकेँ ?
कति धेरै सोच्नु छ,
तैपनि म सुखी, आनन्दित र खुशी छु,
बसि बसि तिर्छु तीनचार कम्पनीको कर,
यस्तो पो विकास !
अनि यस्तो पो सरकार !!

कर्मचारी र सांसद,
अनि सरकार
रातदिन भन्दैनन्,
जनताको सेवामा खटिन्छन्,
कोही, फिल्डमा त कोही अनलाइनमै
निस्फिक्री खटिएको देख्दा,
सारा जनता
खुशीले हर्षविभोर हुन्छन्,
अनि नेपालआमा कति फ्रफुलित होलिन् ?!
कसैले लोभ-लालच र भ्रस्टाचार गर्दैन,
कमिशन र बार्गेनिङको कुरा त हुँदैहुन्न,
विकास-निर्माण खर्च गर्ने ठाउँ छैन
न कतै धुलो छ, बाटाघाटा र सडकहरु
हुबहु नक्सा र सम्झौता बमोजिम छन्,
संसारकै स्वच्छ खानेपानी,
संसारके सस्तो बिजुली
हाम्रै नेपालमा हामीले उपयोग गरेको
लामो इतिहास भैसक्यो,
अहिले त
भारत, चीन र युरोपेली मुलुकलाई
बर्सेनी ठूलो आर्थिक सहयोग
अनि विश्वबैंक र एशियाली विकास बैंकलाई
सरकारी बजेटमार्फत नै ठूलो रकम
छुट्याइएको देख्दा,
विश्व अर्थबजारको नेपाली हिस्साले
नाटकीय सफल रुपान्तरण गर्दैगर्दा
सिंगापुर र जापानले
एशियाको नेपाल भन्दै पछ्याएको देख्दा,
लाग्छ यो चमत्कार,
यस्तो पो विकास !
अनि यस्तो पो सरकार !!

लाग्छ,
कसैलाई कसैको वास्तै छैन,
भनौँ फुर्सद नै छैन,
न व्यक्तिलाई फुर्सद छ
न त राजनैतिक पार्टीलाई,
न बहालवाला न त सेवानिवृत्त कर्मचारीलाई
सबै आ-आफ्नै कामधन्दामा मस्त,
न कर्मचारीलाई घुसको चिन्ता,
न प्रधानमन्त्रीलाई पार्टीको चिन्ता,
न सांसदलाई अर्को सांसदको चिन्ता !
त्यतिमात्रै कहाँ हो र ?
निवृत्ति पाएकालाई गुलामीको चिन्ता छैन,
कति शान्तिपुर्ण छ देश,
सामान्य नागरिक पनि
स्वतन्त्र र निस्फिक्री साँझबिहान,
दिनरात जताततै निर्भयताका साथ हिँडेकै छन्,
कसैले अपहरण गर्ला भन्ने छैन,
कसैले फिरौती माग्ला भन्ने छैन,
शालिन र भद्र भाषामा बोल्छन्, व्यवहार गर्छन् सबै
प्रवक्ता राखिएको छ,
सबैको साटो उनैले बोल्छन् !
एउटा प्रदेशबाट अर्कोमा जाँदा
पाइन्छ जान सरासर,
यस्तो पो विकास !
अनि यस्तो पो सरकार !!
(बाहिर चोर आयो… चोर… भनेर कराउन थालेको आवाज सुनेर ब्युँझिएँ, सुन्दर सपना छताछुल्ल भयो !)

बाट थप

  • विपीका सुपुत्र डा. शंशाक कोइरालाको प्रमुख आतिथ्यतामा कविता विमोचन हुनेविपीका सुपुत्र डा. शंशाक कोइरालाको प्रमुख आतिथ्यतामा कविता विमोचन हुने
  • अमलाचौर–चितवन–नवलपुर सम्पर्क समाजद्वारा तीज विशेष भेटघाट तथा दरखाने कार्यक्रम सम्पन्नअमलाचौर–चितवन–नवलपुर सम्पर्क समाजद्वारा तीज विशेष भेटघाट तथा दरखाने कार्यक्रम सम्पन्न
  • आर्यन सिग्देलकी भाञ्जी आर्हीले ल्याइन अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’आर्यन सिग्देलकी भाञ्जी आर्हीले ल्याइन अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’
  • “राजव्यूह र शास्त्र” पछिको सिर्जनात्मक यात्रा-‘प्रेम शङ्कु’ कविता सङ्ग्रह लिएर आउँदै छन् साहित्यकार कैलाश कोईराला“राजव्यूह र शास्त्र” पछिको सिर्जनात्मक यात्रा-‘प्रेम शङ्कु’ कविता सङ्ग्रह लिएर आउँदै छन् साहित्यकार कैलाश कोईराला
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑