जीन्दगीको जुन कथा छ,त्यो कतै न कतै अल्मलिराखेको छ।यो त्यति सजिलो छैन,जस्तो माहात्मा गान्धिलाई गोलि हानियो,सायद हुन सक्छ भगवान ले मान्छे पठाए गोलि हान्नलाई गोड्सेलाई अन्तिम शिष्य वनाएर।
जसरी सुकरात लाई बिष दिने वेला सोधियो-अब तपाई मोर्नु हुन्छ,तव हामिले तपाईलाई गाड्ने व्यवस्था गर्ने कि जलाउने?सुकरात को मुस्कान साथ उत्तर थियो-ए पागलहरु हो,स्वंय तिमिलाई थाहा छैन, तिमिहरु ले न गाड्न न जलाउन सक्छैा जव तिमिहरु सवै समाप्त भएर जान्छैा म त्यस वेला पनि वाचेको हुन्छु,किनकि मैले जुन मर्ने तरिका चुनेको छु,त्यहि नै सधै बाच्ने तरिका हो।
धामिक व्यक्ति जसले गोलि हाने ,जसले विष दिए यहि सोचेर गरे धर्मको रक्षा गर्दछैा।उनिहरु को नियतमा पनि कतै खरावि छैन,भाव बडो धार्मिक र राम्रो छ अनि त धार्मिक व्यक्तिले नै संसारलाई अत्ठेरोमा हालिदिन्छन्। नियत राम्रो छ तर बुद्दि मा खोट छ।जस्तो डाक्टर तब सम्म जरुरत पर्छ जब सम्म मानिस विमारी हुन्छन।जुन दिन मानिस विमारी हुन छोड्छन् ,त्यस दिन वाट डाक्टर लाई विदा दिनु पर्छ।यसो हेर्दा डाक्टर ले बिरामि लाई उपाचार गरेको भान हुन्छ,तर भित्र उसको प्राणको आकांक्षा यस्तो हुन्छ कि मानिसहरु विरामि परिराखुन।बडा विपरित फ्रेन्च वैज्ञानिक “कुये ” ले वनाएको नियम जस्तै,(विपरीत परिणाम को नियम) किनकि डाक्टर मानिस विरामि वनाएर बाचेको हुन्छ।उसको पेसा बडा विरोधाभास छ।अनि जब कोराना को हावा र डेङ्गो फैलिन्छ अनि एकान्तमा भगवान लाई प्रसाद चढाउछ,सिजन आएको खुसि मा।सुनेको मैले एउटा डान्स वारमा केहि मानिस आए र रक्सि पिए,एउटा टेवल मा डाक्टर टोलि ,आर्को मा वकिल टोलि,आर्को टेवलमा अरु मानिस थिए,रात अवेर सम्म रक्सि पिए,त्यस वार को साहु ले श्रीमति सगँ भन्यो भोलि मन्दिर गएर प्रसाद चढाउनु पर्छ सारै असल मानिसहरु आए यस्ता वेक्ति आईराखे त केहि समय मा नै हामि मालामाल हुन्छैा, यो कुरा हिडन लागेको सामान्ने देखिने मानिस ले सुने जसले धेरै विल तिरेका थिए।उनिहरुले भने साहु जी हाम्रो तर्फ वाट भोलि मन्दिर मा गएर प्रर्थाना गरिदिनुस कि हाम्रो धन्दा पनि सधै चलिराखोस हामि सधै आउछैा यसरी खान ! साहुले सोध्यो-तपाईहरुको धन्दा के हो?उनिहरु ले भने घाटमा मुर्दा जलाउछु।डाक्टर धन्दा विरामि ठिक गर्ने,वकिल को धन्दा झगडा गराउने -फाईदा लाभ र शोषण को विचमा।एक हातले डाक्टर ले ठिक गर्छन्,तर प्राण ले प्रर्थाना गर्छ विमारी चाडै ठिक नहोस।अनि त पैसावाल विरामि ठिक हुन र मुद्दा मिल्ल समय लाक्छ।गरिव विरामि र मुद्दा धेरै दिन राखेर केहि फाईदा छैन।त्यसैले धनिहरु लाई लामो समय विमार र मुद्दा लाई राखिन्छ र डाक्टर र वकिल अन्तरिक ईक्छा को प्रर्थनाले काम गरिरहन्छ।
नैतिकता नामका उपदेशक नेता को स्थिति पनि यहि नै हो।समाज जति निति भ्रष्ट हुन्छ,उति व्यभिचार,अनाचार फैलिन्छ र उपदेशक दिने हरु मन्च माथि उक्लिन थाल्छन्।यदि मानिस संयमि ,ईमान्दार भए भने उपदेश दिने नेताहरु।मर्छन कुनै जरुरत परदैन।मानिस यति धेरै बेचैनि अशान्त दु:खि र पिडित हुनुको कारण उसले जीवन को ठुलो शक्ति आध्यात्मिक सेक्स को केन्द्रलाई नबुझेको कारणवाट।
मानिसहरुको साहित्य उठाएर हेरैा भने चकित हुन्छैा कुनै देवलोक वाट देवता आएर चन्द्रलोक वा आर्को ग्रह वाट कोहि यात्रि आएर हाम्रो साहित्य,किताव हेरे ,कविता पढे,उपन्यास पढे चित्र हेरे भने वेहोस हुन्छन होला उनिहरु,किनकि सारा साहित्य सेक्स केन्द्र को परिधि मा घुमिराखेको पाईन्छ।हजारै वर्ष देखि तथाकथित नैतिक व्यक्तिले जीवनको सत्यलाई पुरै रुपमा प्रकट हुनवाट रोकेको छ।प्रकट हुन नदिएको कारण अज्ञान व्यापक छ अधेरो रात जस्तो, अनि नितिशास्त्र का नेता धार्मिक उपदेशक अन्धकार को विचमा मन्च वनाएर खडा भएका हुन्छन् उपदेश दिन।यसैले हाम्रो देशमा अहिले सारा दुनिया भन्दा वडि उपदेश दिने नैतिकवान धार्मिकर नेताहरु छन् शहर ,गाउँ र घर घरमा ,अनि हाम्रो देश सार्है धार्मिक देश भएको छ,सबैभन्दा अधार्मिक र अनैतिक देश को रुपमा ।अनि त यति का धेरै नेता र उपदेश दिने पाल्ले ठेक्का र धन्धा मिलेको छ र यहि नै यति ठुलो जातिय सक्रमंण रोग वनेको छ।यिनै उपदेश दिनेहरु आध्यामिक ,धार्मिक ,सन्त ,माहात्मा को लाईन छ जुन रोगको लक्षण हो। यो नै अनिति को लक्षण हो।कोहि पनि चाहदैन भित्रि ह्रदय वाट अनिति रोग मेटियोस किनकि अनिति सगँ आफु पनि जोडिएको छ, अनि प्राण ले पुकारि रहन्छ रोग कायम रहोस,झन बढदै जाओस रोग वढाउने सजिलो उपाय नै त्यो हो कि जीवनको सम्बन्धमा सर्वागिण ज्ञान उत्पन्न हुन नसकोस,जीवन को जुन सवैभन्दा गहिरो केन्द्र छ,जहाँ अज्ञानता को कारण अनिति को कारण व्याभिचार र भष्टाचार फैलिरहन्छ त्यो केन्द्रलाई कहिल्यै जान्न नै खोजेनैा।यस कारण ले कि त्यस केन्द्रलाई जानिसकेपछि मानिस को जीवन वाट अनिति तप्काल विदा हुन्छ,अनि सत्य त्यो हुन्छ कि ? जुन दिन हाम्रो जीवनमा सत्यको किरण आउछ! त्यसपछि सामान्य जीवन पनि परमात्मा जीवनमा रुपान्तरित हुन थाल्छ, त्यस दिन वाट उपदेश दिनेहरु व्यर्थ हुन थाल्दछन्,कुनै स्थान हुदैन,उपदेश त्यसवेला सम्म सार्थक हुन्छन् जव सम्म मानिस अन्धकारमा रुमलिरहन्छ।,
यस लेखका लेखक कैलाश कोइराला हुनुहुन्छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस