यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये एक सय ९६ जना चितवनका र एक सय ९० जना जिल्लाभन्दा बाहिरका रहेका जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जानकारी दिनुभयो। संक्रमितमध्ये सो अवधिमा एक जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।
जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा सङ्मित देखिएका छन्। पट्टेलका अनुसार भरतपुर महानगरपालिकामा ९०, रत्ननगरमा ३३, राप्तीमा २०, खैरहनीमा १७, कालिका नगरपालिकामा ११ र माडी नगरपालिकामा सात तथा ईच्छाकामना गाउँपालिकामा १८ जनामा संक्रमण देखिएको छ।
स्क्रब टाइफस ओरिएन्टा सुसुगामुसी नामक जीवाणुबाट हुने संक्रामक रोग हो। साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना ९माइट्स० लाई संक्रमण गर्छ। सोही संक्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्छन्। संक्रमित किर्नाले टोकेको मुसा वा जनावर मानिसको सम्पर्कमा आएर शरीरमा टाँसिए वा टोकेमा स्क्रब टाइफस सर्ने गरेको चिकित्सकहरू बताउँछन्।
यो रोगबाट संक्रमित मानिसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, श्वास फेर्न गाह्रो हुने, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा देखिने र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने जनस्वास्थ्य अधिकृत पट्टेलले बताउनुभयो। यस रोगको संक्रमणबाट जोगिन झाडीमा नजाने, शरीर ढाक्ने गरी लामो कपडा लगाउने, मुसा तथा संक्रमित जनावरसँग टाण रहने जस्ता सावधानी अपनाउन आग्रह गरिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस