
माहाभारत कालिन वेला देखि प्रश्न को घेरामा वर्तमान समय।
गित “सकम्बरी ” बारेमा व्यक्तिगत सिर्जना प्रक्रिया सम्वन्धी सोधाईले पुस्तकको आकार पायो।
तर प्रश्न कर्ता आफैले स्वृकार गरिसकेका छन्, धेरै उत्तर हरुमा “सकम्बरी को प्रंसङग गायब भयो भनिसकेपछि त्यस प्रशंग तिर नजाऊ।
समिक्षक रमेश प्रभातको समिक्षामा कोइरालाको ‘राजव्यूह’ उपन्यास यस्तो रह्यो ।
अर्चना थापा,अनुपम रोशी ,उमा सुवेदि ,निलम कार्कि निहारिका ,प्रगति राई ,प्रभा वराल,बिना थिङ, राधिका कल्पित, रेनुका जिसी ,सरस्वति प्रतिक्षा शब्दहरुका ज्वारभाटा हरु अन्तरवार्ता शैलिमा फुटेका छन्,रोसि ऐताहासिक ग्रन्थहरु वेद,माहाभारत ,अठार पुराठ र एक सय आठ उपनिषद हरु कलात्मक चित्र जसरि भनेर वताउनु भएको छ भने,थापा ,सुवेदि ,थिङ,प्रतीक्षा को मन पर्ने पुस्तक को नाम भनिदिनुस भन्नेमा “माधवि” साझा वनेको छ।प्रकाश सपुत को गित को प्रश्न को वारेमा राधिका कल्पित ले १८६ पेजमा आफ्नो धारणा र जिसी ले २१० पेजमा “सकम्वरी ” वारेमा आफ्नो दृष्टिकोण दिनुभएको छ मन वाट नै साचो कुरा भन्दा पुस्तकहरु पढता पुरुषले भन्दा महिलाहरु ले लेखेको पुस्तक नै उत्किष्ट लागेर आउछ तर पनि धेरै प्रश्नहरुको घेरावन्दी ले मेरो दिमाग लाई खेलाईराख्छ, विचार र व्यवाहार विचको तराजु मा जोखिराख्दा ,पारिजातको “शिरिषको फुल “देखि डेना मरियम को”सितायण” सम्म ,तर आज सम्म को विश्व को ईतिहासमा महिलावादि दृस्टिकोण वाट साहित्यको यात्रा यहाँ सम्म आईपुग्दा मैले चाहि महिला अधिकारवादि र सिहित्यक्षेत्र का महिलाहरु लाई एउटै कठघरामा राखेर हेर्न सक्दिन ,किनकि सिपाई र सन्यासि जस्तै हो।यसैमा वहस ,वादविवाद अक्षरहरुको “योग”,लैङि्क परिभाषा हरु फरक भएको पनि पाईएला ,लिङ् शब्द ले लैङि्ग शब्दलाई अभिव्यक्त गरेको जस्तो भएपनि केहि भिन्नता हरुअवश्य पनि छन्,त्यसैले जति समान अर्थ मा वुझने प्रयत्न गरेपनि महिला पुरुष बीचको सम्वन्ध भुमिका र समाज मा उनिहरुको स्थितिलाई सजिलै वुझन सकिदेन ।जित हार मा पनि पुरुष तर्क र स्त्रि को तर्क भन्दै हुन्छ।किनकि तर्क गर्ने ढङ नै फरक फरक हुन्छ ।कहि तालमेल नै हुन सक्दैन ।समान्नान्तर हन्छन,कतै गएर मिलदैन ।तर यसरि वुझ्ने हो भने प्राकृतिक लिङ्(प्रकृति)सामाजिक लिङ् (सृष्टि)विच मा राखेर देख्न सकेमा मात्र यसको गर्भ मा पसेर हेर्न सकिन्छ यसरि भनिएको छ,श्वताश्वरोपनिषद् को प्रथम अध्याय को नवैा श्लोक मा ,
त्रंय यदा विन्दते बह्रामतेत्।९।।र वार्हैा मा,
सर्व प्रोक्तं त्रिविध बह्रामतेत्|१२|| जीव ,ईश्वर र प्रकृति तिनैलाई (बह्रम ) भनेर सङ्गित मिलाउन खोजिएको छ,जीवमा कुनै लिङ् भेद छैन भनेर।
“न त्यो स्त्रि हो न •••• पुरुष र न त्यो नपुङ्सक नै हो।जुन जुन शरिरलाई ग्रहण गर्छ त्यस सगँ जोडिन्छ ।अध्याय पाचं को बार्हैा श्लोक मा ।
संयोगहतेुपरोगय्पि दृष्ट:।।१२।
अनि त जसरि माकुराले जालो बुनेर आफुमा लिन गराउछ,त्यसैगरी अक्षर (अविनाशि ) वाट विश्वको सृष्टि भयो, यो के कारण ले सत्य हो भने जसरी सुदीप्त अग्निवाट समान रुपमा हजारैा शिखाहरु निस्किन्छन् त्यसैगरी अक्षरवाट अनेक प्रकार भाव (अस्तित्वहरु) सिर्जित हुन्छन्”मुण्डक उपनिषदत्” सृष्टिलाई अर्थ्याउन खोज्दै,जसलाई एउटा देवले माकुराले झै प्रकृति”वाट उत्पन्न तन्तुहरु द्दारा स्वभावले (विश्वलाई) आच्छादित गर्दछ।
स्वभावतो देव एक स्वभावृणीत्।स नो द धाद् बह्रात्यम्:
यिनै जगमा उभिदै माहाभारत को कुरुसभा मा दैापद्रि माथि जुन विभप्स अपमान र लाछना गरियो त्यो भले राजसभामा गुरुजन ,वीर ज्ञानी सवै थिए।निर्वस्त्र गर्दा भिम र अर्जुनको परक्रम र पैारुष कता हराएको थियो? नकुल सहदेव को शुद्दता नितिशिलता को के अर्थ थियो?युधिष्ठिरको धर्मपरायण चाहि के थियो? यस्तो चुडान्त समय को घेरा मा सिर्फ दैाप्रद्रि लाई कृष्ण माथि भरोसा हुनु पर्छ।चिन्ता नगर कृष्णा यदि कलियुग मा पाच पति राख्ने चलन आएछ भने त्यस सुत्र धार को मसिहार कहिलिने छैा।मैले तिम्रो निम्ति केहि पनि गरेको छैन,आफ्नो कर्तव्य भन्दा वाहिर गएर, तिमिले मेरा निम्ति जे गरैा त्यसको ऋृण चुकाए।कृष्णा के प्रयोजन को लागि दैापद्रि भईन जो लक्ष्मि अंशवार जन्मेकि थिईन। खै त्यहा फेरि माधवि को चर्चा ,अधिकांश महिला पात्र को आफ्नो व्यक्तिगत परिचय छैन,कुन्ति को नाम उनका पिता कुन्तिभोग वाट आयो।दैापद्रि राजा द्रपदकी छोरी थिइन,भाद्रि भद्र देश कि राजकुमारी ,गन्धारी गाधर नरेशको पुत्री यस भिड मा राजा यायाति छोरी माधविको कथा भिन्न छ,उनको नाम न पिता ,पति पुत्रवाट प्रदत छैन,उनि माहाभारतकालिन थोरै नायिका मध्य पर्छिन जसले अरुको नाम वाट प्रदान गर्ने परिचय भन्दा अघि गएर आफ्नो व्यक्तिगत अस्मिताको खोज गरिन।संवाद मा उद्दातले दिएको जवाफ र ओशो ले भनेका एउटै छ,(विवाह को कारण नै वेश्वाहरु पैदा हुन्छन) प्रेम को अतिरिक्त यो संसारमा कुनै व्यक्तिको जीवनमा आत्मातृप्ति उपलब्ध हुदैन।प्रेम व्यक्तिको तृत्तिको चरम विन्दु हो।जब प्रेम प्राप्त हुदैन तब व्यक्तिले सधै प्रेमको पुर्ति मागिराखेको हुन्छ। विवाह र प्रेम एउटै कुरा होईन,विवाह प्रश्चात पनि आफुले चाहेको व्यक्ति सँग प्रेम अभिव्यक्ति गर्न पाउनु महिलाको अधिकार हो। म तिम्रो पिता विर्ह को कारण ले होइन, स्नेह को कारण ले हु माधवि ले स्वंयवर को दिन अनैाठो निर्णय गरिन सारा राजा ,ऋषि देवतालाई त्यागेर आत्मारक्षा खोजका लागि जगंल लाई आफ्नो स्वामि वरण गरिन।यस्तै मध्य पूर्वि युरोप इजिप्ट उत्तर अफ्रिका को राजनितिले जन्माएको क्लियोपेट्टा, रोम कि माहारानि वन्ने ईक्छा ले जुलियर सिजलर उसको सुन्दरता मा कायल भएका थिए।उनिले सुन्दरताको माया जालमा पारेर रोम को राजा को रानि हुन खोजिन र पछि जनरल यन्थोनि सग विवाह गरि जुलियर सिजलर लाई मारिदिन।यस्तै राज्यलक्ष्मि को महत्वोकंक्षालाई विश्वास लिएर जगंवहादुर को उदय देखि आज सम्म यात्रा निरन्तर चलिनैराखेको छ। पैराणिक काल देखि देवि नारि अप्सरा वनाईए ,सिता सुभद्रा दैपद्रि ,अहिल्या ,क्लियोपेट्टा राज्यलक्ष्मि ठुला ठुला ज्वाला वने धर्म युद्द को नाममा मानवता समात्त भयो, कहि सभ्यता ध्वत भयो, कहि शासन व्यवस्था समात्त भयो र समय को घेरामा प्रश्न फेरियो युग फेरियो जन्मिने अनुहार फेरिए विचार धारा फेरिए नारि आवाज फेरिए तर पनि घर चुलो देखि ,गाउ,टोल समाज ,देश मा सिता,दोपद्रि ,माधवि,अहिल्या ,सुभद्रा,क्लियोपेट्टा , राज्यलक्षमि जन्म पुनर्जन्म भैनैराखेको छ, अनि मन भित्र को आतङ् यथावत छ,पिडा ,रोदन ,वेदना ,चित्कार जहाँ को त्यहि छ ,र त ईतिहास देखि वर्तमान सम्म नारिको आसु र वेदाना को वोझ हरुले थिचिएको यो समाज ले जोखिराखेको स्त्रि ले नै पुरुष को नामको पछाडि थपिदिएको “पतिदेव” ले आफुभित्र नै आतङ सिर्जना गरेको महसुस हुन्छ।रत वजार तिर खोज्दै अनि सुविधाका रहरहरु तिर लम्किदै जो सँग जे उपलब्ध छ त्यहि वजार भाउ मा विक्रि भैराख्छ।वेद उपनिषद् पुराण ,भागवद् गिता पछि पनि कयैा् माहात्मा आए, साहित्य को उत्तर आधुनिक वाद को नाममा धर्तिमा नैतिकता को पाढ लिदै अनि मन्दिर ,चर्च,मस्जिद ,गुम्बा ,स्कुल मा सव भेला भैराखे,हरेक विहान घन्टि वजिराख्यो ,आरति उतारिराखियो ,फुल हरु चढाईराखियो ,भजनवाट आफ्नो सभ्यतालाई धेरै राम्रो कलापुर्ण वनाउदै गए आखिर के रै छ त? सन्जिव उप्रेति को “घनचक्कर” नाटक जस्तै जिवन भैराख्यो।प्रश्नमा उढेका सवालहरुको तत्कालिन रुपमा उत्तर पनि भए ,प्रत्येक परिक्षामा प्रथम भएर पुरस्कार र सम्मान पत्र पनि मिल्दै गए ,नैतिकता को समवेदना जुन रगतमा मिसिनु पर्ने थियो प्रत्येक अङ-प्रत्यङ् वाट आत्मा सम्म लिपिनु पर्ने थियो त्यस्तो हुन सकेको पाईदैन।बुद्दिमान भयो,ज्ञाता भयो ,हार्दिकता र कारुणिक भएन,आध्यात्म पढ्यैा ,आध्यामिक भएन,आस्था पढ्यैा आस्थिक भएन हरेक चिज लाई प्रदार्थ को रुपमा वुझ्यैा,अनि त्यहि पदार्थ अणु वाट परमाणु ,ईलोक्टोन र प्रोटोन हुदै न्युटोन मा बाडिदै गर्यो अनि वस्तु र तत्व को रुपमा योग सम्योजन वनेर सवै भाव विलायर कसरि शक्ति आर्जन गर्ने भन्ने मात्र ध्यान को त्यहि प्रकाश मा विस्तारै विलिन हुदै गयो।जब स्त्रि (सृष्टि)पुरुष (प्रकृति) परिपुर्ण प्रेम र आनन्द्रले मिल्छन तब त्याहा मिलन आध्यामिक कृत्य (स्परियुअल एक्ट हुन्छ) अनि त्यसको काम सेक्स सगँ सम्बन्धित हुदैन,त्यो मिलन कामुक हैन शारिरिक हैन त्यो मिलन नै अनैाठो हुन्छ महत्वपुर्ण हुन्छ जस्तो योगि को लागि समाधि।
धन्यवाद प्रश्न कर्ता उदय अधिकारी ज्यु लाई जसले समय को घेरामा प्रश्न मार्फत उत्तर उतारिदिनु भएकोमा सायद डिजिटल अन्तरवार्ता भएको भए,एक कान ले सुनेर आर्को कान वाट निस्किएर जाने थियो।तर यसरि चर्चित महिला लेखकहरु को यो धारणा साहित्यक पाठशालामा पुजि को रुपमा राखिदिनु भयो जो नेपाल का सिर्जनामक रुपका आभुषण हरु हुनु हुन्छ।
यस लेखक कैलाश कोइराला हुन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस