
रत्ननगरमा प्रहरीले ध्वनी प्रदुषणमा चासो देखाएको छ । प्रहरीले रत्ननगरस्थित टिकौलीमा ध्वनि प्रदुषण तथा यसले हुने दुर्घटनालाई न्यूनिकरण गर्न प्रेसर हर्न नियन्त्रणमा लिएको हो । रत्ननगर ९ स्थित टिकौलीमा चेकजाँच गर्ने क्रममा १२५ थान प्रेसर हर्न नियन्त्रणमा लिएको र्ईलाका प्रहरी कार्यालय रत्ननगर, टाडी प्रहरी वरिष्ठ नायब निरिक्षक विष्णु थापाले जानकारी दिनुभयो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय रत्ननगर, टाडीले संयुकत रुपमा लामो दुरीका ट्रक तथा बसमा जडान गरिएका प्रेसर हर्न नियन्त्रणमा लिएको निरिक्षक थापाले बताउनुभयो।
मानिसको साधरणनतया सुन्न सक्ने क्षमताभन्दा बढी ध्वनिले मानसिक स्वास्थ्यमा असर पुग्ने र सवारी चलाउदा चर्को हर्नले सवारी चालक आत्तिएर हुने दुर्घटनालाई न्यूनिकरण गर्न प्रहरीले प्रेसर हर्न नियन्त्रण अभियान सञ्चालन गरिएको ईलाका प्रहरी कार्यालय रत्ननगर, टाडीका प्रहरी प्रमुख रञ्जन लामाले जानकारी दिनुभयो ।साथै सवारी नियम उल्लंघन गर्ने सवारीसाधन र चालकलाई सम्झाईबुझाई गरी छाडेको उहाँले बताउनुभयो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस