
प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछाने पक्राउबारे मुख खोलेका छन् ।सोमबार पाँच विपक्षी दलहरूको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले व्यक्ति तोकेर छानबिन समिति गठन नगरौं भनेको थिए । तर प्रतिवेदन आएपछि कार्यान्वयन गर्नुपर्ने अवस्था आएको बताएका हुन्।
उनले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभइ अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरूपमा पक्राउ गरिएको बताए ।संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमिताका सम्बन्धमा अनुसन्धान अघिबढेको उनको भनाई छ।
‘मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन। मेरो कसैसँग दुराभाव छैन। मलाई केही लिनुदिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौं भनेको थिएँ। अरू दल र स्वयं रविजीले गठन गरौं भनेपछि समिति गठन भयो। समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो,’ उनले भने।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस