• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २९, सोमबार  | Sun, 14, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवनमा कोरोना प्रयोगशालाका योद्धा , जसले १५ घण्टासम्म काम गर्छन्

April 23, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ३ मिनेट
चितवनमा कोरोना प्रयोगशालाका योद्धा , जसले १५ घण्टासम्म काम गर्छन्

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

चितवन, बैशाख ११ ।   स्वास्थ्य कार्यालयका डिस्ट्रिक ल्याब सुपरभाईजर हुन् । यतिखेर कोरोना भए नभएको छुट्याउनको लागि उनी व्यस्त छन् । उनको जिम्मेवारी पूरै जिल्लाको ‘सुपरभाईज’ गर्ने हो तर, जनशक्ति अभाव भएपछि उनी आफै खटिएका छन् ।
‘सुरुमा कोरोना भाईरस प्रयोगशालामा काम गर्नका लागि धेरैले नाम टिपाएका थिए । बाहना बनाएर आएनन्’ न्यौपानले भने, ‘जिल्लाको नेतृत्व गर्ने जिम्मा मलाई छ, पछि हट्न पनि भएन । आफै खटिएँ ।’

उनलाई घरपरिवारबाट काम नगर्नको लागि दवाब नआएको पनि होईन । तर, विश्व कोरोना विरुद्ध लडिरहेको समयमा आफ्नो सीपलाई त्यतिकै फाल्न उनको मनले मानेन । यो लडाईमा अग्र मोर्चामै खटिएका छन् उनी । चितवनमा कोरोना पोजिटिभ देखिएका दुई जनाको उनी आफै आरएनए एक्सट्रक्सन गरेका थिए । आरएनए एक्सट्रक्सन गर्ने समयमा ल्याब टेक्निसियनलाई उच्च जोखिम हुन्छ । यो भनेको पिसीआर अन्र्तगतको मुख्य काम हो ।आफैले परीक्षण गरेको केसमा कोभिड–१९ पोजिटिभ देखिँदा उनलाई झन् डर लाग्यो ।

त्यो स्वाबबाट कोरोना पुष्टि गर्नका लागि दुई पटकसम्म परीक्षण गरिएको थियो । त्यतिबेला उनले आफ्ना ७५ वर्षीय बुवाले भनेको सम्झिए ‘बचेर काम गरेस् बाबु।’ हरेक दिन उनले यो शब्द बाबुको मुखबाट सुन्छन् । ६५ बर्षीया आमा, श्रीमती र दुई बर्षकी छोरीसँगै बस्छन् उनी । तर, अहिले घर नगएको थुप्रै दिन भइसक्यो ।तर, अहिले उनलाई डर भने हट्दै गएको छ । ‘पहिले भारतमा पनि पिसीआरमा काम गरेको थिँए । त्यहाँ जापानिज इन्सिफाईसिस्, इन्फ्लुजा, हेपोटाईजिस बि, वाईनफुलु र एचआईभीको परीक्षण गरिन्थ्यो । कोरोना भाईरस भने नौलो भाईरस भएकाले डर लागेको थियो’ उनी भन्छन् ‘अब त बानी परिसक्यो ।’

भरतपुरदेखि १२ किलोमिटरको दुरीमा घर भएपनि जान पाएका छैनन् । कारण हो परिवारलाई कोरोना सर्छ कि भन्ने डर । ‘चितवनमा कोरोना पोजिटिभ देखिएपछि घर गएको छैन । भरतपुर अस्पतालले उपलब्ध गराएको क्वारेन्टाईनमा बस्ने गरेको छु । घरमा जानका लागि हामीलाई जोखिम छ । घरमा बृद्ध बुवा, आमा र दुई बर्षकी छोरी छन्’ उनले भने ‘कोरोना प्रयोगशालामा काम गरेपछि एक दिन घर गएको थिए । गेटबाट नै आमाबुवालाई हेरेरमात्र फर्किएँ।’ अहिले भिडियो कलमात्रै हुन्छ ।

डाक्टर, नर्सलाई भन्दा ल्याबमा काम गर्नका लागि अल्लि सुरक्षित नै मानिन्छ । तर, थोरै सावधानी अपनाईएन भने खतरा पनि उतिकै हुन्छ । त्यसका लागि प्रयोगशालालाई व्यवस्थित बनाईदै लगिएको छ । परीक्षण गर्ने समयमा पनि उत्तिकै सावधानी अपनाईने गरिएको उनले बताए । यसका लागि एक सिफ्टमा ८ जना आवश्यक पर्ने उनको भनाई छ ।कोरोना परीक्षण गर्नका लागि मात्र एक्लैले सम्भव हुँदैन । एक जना स्प्रे गर्ने, ढोका खोल्ने मान्छे चाहिन्छ । काम सकिएपछि पीपीई सेट डस्बिनमा राख्नुपर्छ । फाहोरहरु संकलन गर्ने व्यक्ति हुनुपर्छ ल्याव भित्र गएको व्यक्तिले सोझै अन्य वस्तु छुँदा सर्ने सम्भावना बढि हुन्छ।

प्रयोगशालामा काम गर्नेहरुको १४–२१ दिनभित्र पिसीआर परीक्षण हुन्छ । नेगेटिभ रिपोर्ट आयो भने उनिहरु घर जान पाउँछन् । तर, परिवारसंग घुलमिल हुन नहुने बताए ।प्रयोगशालामा काम गर्नेहरु अहिले १५ घण्टासम्म पिपीई सेट सहित काममा खटिन्छन् ।‘विहान १० बजे प्रयोगशालामा पुग्छौँ । भित्र छिरेपछि काम नसकुन्जेल सम्म बाहिर निस्कन मिल्दैन’ उनले भने, ‘कहिले राति १२ बजेसम्म काम गर्नुपर्छ।’ यो समयमा बाहिरबाटै प्याकिङ गरेको खाना मगाउँछन् । खाना खानका लागि उनिहरुले छुट्टै कोठा समेत बनाएका छन् ।यहाँ दैनिक ४० देखि ५० सम्म परीक्षणका लागि स्वाब आउने गर्दछन् । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला चैत्र २३ गतेदेखि सुरु गरिएको हो ।

अहिले प्रयोगशाला भरतपुर अस्पताल मातहत ल्याईएको छ । त्यसपछि केही प्राविधिकहरुको कटौति समेत गरियो । सुरुमा प्रयोगशालाको सुपरभाईजर भएर काम गरेका मदनराज पाण्डे अहिले त्यहाँ कार्यरत छैनन् । पाण्डे त्यहाँबाट विदाईभएपनि परिवारसंग संगै बस्न पाएका छैनन् । परिवारमा कोरोना सर्ला भन्ने डरले होम क्वारेन्टाईनमा बसेका छन् ।कोरोना परीक्षण गर्नुअघि नमुनाको अलग अलग प्रोसेसिङ गरिन्छ । काम नसकेसम्म बाहिर निस्कन हुँदैन ।

भाईरस ल्याउने भएकाले सचेत हुनुपर्ने पाण्डेको भनाई छ । ‘परीक्षणमा आउने भनेको कोरोना भएर नै आएको भन्ने बुझ्नुपर्छ । त्यसैले सुरुदेखि नै हामी सतर्क हुनुपर्छ । हामीकहाँ आउने वितिकै स्वाब राखेको बट्टाको बाहिरी भागमा स्प्रे गरेका किटाणु मार्छौं। अनि टेलिबक्सलाई बायोसेफ्टी क्याविनेटभित्र प्रोसेस गर्ने हो’ उनले भने ‘हामीलाई नेगेटिभ छ भन्ने फिल नै हुँदैन । पोजिटिभ नै छ भनेर काम गर्दछौँ। ’

बाट थप

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
  • पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफापश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा
  • आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेतआज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत
  • नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्ननारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    प्रहरी भर्ना आवेदन खुल्यो

    प्रहरी भर्ना आवेदन खुल्यो

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    आजको विशेष राशिफल — मंगलबार

    आजको विशेष राशिफल — मंगलबार

    समाचार
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑