
स्वास्थ्य मन्त्रालय र टेमासेक फाउन्डेसनका स्वास्थ्य सामग्रीहरु लिन श्री एयरलाइन्सको जेट विमान बिहीबार सिंगापुर प्रस्थान गरेको छ ।
एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार बिहीबार बिहान ७ बजेर ५० मिनेटमा हवाईजहाज सिंगापुर प्रस्थान गरेको हो ।
सो जहाज आजै स्वदेश फर्किने मानन्धले जानकारी दिए ।
सो जहाजमा कोरोना भाइरसविरुद्ध लड्न आवश्यक फाउन्डेसनका १० हजार थान पीपीई लगायतका स्वास्थ्य सामग्रीहरु हुने मानन्धरले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस