• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Tue, 13, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

प्रधानमन्त्री ज्यू तपाईं निको भएपछि कैयौँ मृगौला पीडितलाई नभुल्नुस् है..!

March 4, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
प्रधानमन्त्री ज्यू तपाईं निको भएपछि कैयौँ मृगौला पीडितलाई नभुल्नुस् है..!

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

आज २०७६/११/२१ (बुधबार) यतिबेला सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा रहिरहदाँ आम नेपालीले मात्र होइन, देश विदेश देखि सबैले सुस्वास्थ्यको कामना गरिरहनु भएको छ । राज्यका हरेक निकाय र हरेक नागरिकको ध्यान प्रधानमन्त्रीको स्वास्थ्यमा केन्द्रित हुनु स्वभाविक हो ।

मेरा शब्दहरुले अन्यथा नलागोस् म पनि सम्बृद्ध नेपाल र सुखी नेपालीका सारथी प्रधानमन्त्री ओलीको शिघ्र सुस्वाथ्य लाभको कामना गर्दछु । त्यसमाथि पनि यसपाली स्वदेशमै उपचार गराई नेपाल र नेपाली चिकित्सकहरुको समेत इज्जत राखिदिनु भएकोमा हामी धन्यावाद चढाउँछौं।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण हुँदै गर्दा यतिबेला कैयौँ मृगौला पीडितहरुको आवाज नेपथ्यमा गुञ्जिरहेको छ, ‘प्रधानमन्त्रीले पुनर्जन्म पाउने अनि हामीले चाहिं कहिले पुनर्जन्म पाउने ?’

प्रधानमन्त्री ज्यू… एउटै जीवनमा चार ओटा मृगौला पाउनु कत्ति भाग्यमानि तपाई ! आम मानिस दुई ओटा मृगौलाले बाचेको छ भने अभागी मानिसहरु एउटा मृगौलामा गुजारा गर्नु परेको छ। आज नेपालमा मात्र तीस हजार भन्दा बढी व्यक्तिहरु मृगौला प्रत्यारोपणको पर्खाइमा छन् भने मृगौला पिडितहरु कति हुन् कति ।

मृगौला पीडितहरूको संस्था राष्ट्रिय मृगौला पीडित संघ नेपालका अनुसार तीस हजारभन्दा बढी मृगौला रोगीहरूले अहिले डायलिसिस सेवा लिइरहेका छन् । प्रत्येक वर्ष त्यति नै संख्यामा मिर्गौला रोगीहरू थपिने गरेको छ। बिरामीको संख्या बढेसँगै देशभरि डायलिसिस गर्ने यन्त्रको संख्या थोरै हुँदा बिरामीहरूले महँगो शुल्क तिरेर सेवा लिन बाध्य हुनुपरेको तितो यथार्थ पनि यहाँ सर्वविदितै छ।

सशुल्क उपचार गराउने हो भने उनीहरूले एकपटकमा कम्तिमा २५ सयदेखि ५ हजारसम्म शुल्क तिर्नुपर्ने हुन्छ। धन्न गगन थापा स्वास्थ्यमन्त्री हुँदा डायलाइसिस भने निशुल्क गरिदिएछन्। हेर्नुस् त प्रधानमन्त्री ज्यू… तपाई जस्तै मृगौला रोगी कति मानिसहरु आर्थिक अवस्थाका कारण मिडियामा दिनरात रुँदै गुहार मागेका छन्।

धन्न तपाईले यत्ति धेरै कष्ट त भोग्नु परेन किनकी तपाईं त उपचारको लागि कैयौँ पटक विदेश जानुभयो । अहिले नयाँ जिवनको लागि मिर्गौला पनि पाउनुभयो तर तपाई जस्तै पिडित आम नेपालीका समस्या कसरी सम्बोधन हुन्छ प्रधानमन्त्री ज्यू । पीडितले जेनतेन मृगौला पाइहाले भने पनि प्रत्यारोपणका लागि मात्र कम्तीमा पनि १७ लाख लाग्ने अनुमान गरिन्छ।

एउटा सिटामोल सम्म किन्न नसक्ने परिवार भएको यो देशमा १७ लाख खर्च गर्ने औकात हरेक परिवारको होला त..? त्यसैले प्रधानमन्त्री ज्यू कैयौँ पीडितले नियाल्ने छन् यो पटक तपाईको उपचारलाई र भन्नेछन् बाच्न पाउनु ठूलाले मात्र रहेछ…।

आलोचना नै समस्याको समाधान भने पक्कै होइन तर केपी शर्मा ओली प्रधानमन्त्री रहिरहदाँ केही समय अगाडी बिषादी तरकारीमा निकै आलोचना भयो। हरेक कुरामा मजाक गर्न सक्ने प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्यमा भने निकै गम्भिर हुनुभएको देखिन्छ। हो प्रधानमन्त्री ज्यू तपाई जस्तै यहाँ हरेक नेपाली आफ्नो स्वास्थ्यप्रति चिन्तित छन्। त्यसैले यो देशमा बिषादीयुक्त तरकारी नभित्र्याउने तपाईको सरकारको योजना कार्यान्वयन गर्न कसले रोक्यो ?

त्यस्तै, यो भन्दा ठिक एक वर्ष आगाडि प्रधानमन्त्री ओलीले बोल्नु भएको थियो, आयातित माछा नाखानुस् नत्र परिवार नियोजन गर्नै पर्दैन। देशकै शक्तिशाली पदमा आसिन प्रधानमन्त्री ज्यूलाई आयातित माछाले जनस्वास्थ्यमा हानी गर्छ भन्ने त थाहा रहेछ नि तर ति वस्तुहरु आयातमा रोक लगाउन कसले रोक्यो प्रधानमन्त्री ज्यू ?

हिजो आज केही समाचार पढेको छु कि, मृगौला फेल भएपछि भारतीय कम्पनीका औषधिको बिक्री वितरणमा रोक…औषधि व्यवस्था विभागले दुई वटा भारतीय कम्पनीका औषधिको बिक्री वितरणमा रोक लगाएको छ ।

बिरामी निको बनाउने औषधि नै विष जस्ता आयातित भएका छन् भने प्रधानमन्त्री ज्यू यी आयातित औषधिका कारण मृगौला फेल भएका बिरामीलाई अब मृगौला कसले देला ? सोच्ने विषय यो छ। फेरि पनि प्रधानमन्त्री ज्यू यस्ता आयातित औषधिको गुणस्तर परिक्षण गर्ने दायित्व के राज्यकै हैन र ?

प्रधानमन्त्री ज्यू आज तपाई एकजनाको सफल मृगौला प्रत्यारोपण भैरहँदा तपाइँ जस्तै कैयौँ पीडितहरु पनि यो जीवन अझ केहि धेरै बाच्न पाइन्छ कि भनेर झिनो आशा बोकेर तपाइँको सुस्वास्थ्यको कामना गरिरहेका छन्। तपाई एकजनाको मिर्गौला उपचार सफल हुँदा अवश्य पनि यो देशले एउटा होनहार योद्धा फिर्ता पाउने छ।

तपाइँको सफल उपचारसँगै तपाइँमाथि थुप्रै मृगौला पीडितहरुप्रतिको दायित्व अनि जिम्मेवारी पनि थपिएको छ। आशा छ भोलिका दिनबाट प्रधानमन्त्री ज्युले ति आशा बोकेका मनहरुलाई निराश पार्नुहुने छैन, हाम्रो शुभकामाना अनि सुभेक्क्षा छ। प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र सुस्वाथ्य लाभको कामना……………….!

बाट थप

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
  • आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
  • त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
  • देशभर मौसम सफा रहने देशभर मौसम सफा रहने
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑