
विमानस्थल तथा नेपाल प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच थप प्रभावकारी बनाइने
काठमाडौं- सरकारले कोरोना भाइसरको संक्रमण विश्वका विभिन्न देशमा फैलिरहेको समयमा नेपालमा उपभोग्य वस्तु र मास्क तथा अन्य अत्यावश्यक वस्तुको सहज र नियमित आपूर्तिको व्यवस्था गर्ने निर्णय गरेको छ।
मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको केन्द्रिय अनुगमन तथा मुल्यांकन समितिको बैठकले दैनिक उपभोग्य वस्तु, मास्क, स्यानिटाइजर र नेपाल प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गर्ने विषयमा तीन बुँदे निर्णय गरेको छ।
समितिले दैनिक उपभोग्य वस्तुको पूर्ववत रुपमा सहज र नियमिथत आपूर्तिको व्यवस्था गर्ने, मास्क, स्यानिटाइजर जस्ता अत्यावश्यक वस्तुहरुको मागलाई नियमित रुपमा आपूर्ति गर्नका लागि आयात तथा उत्पादन बृद्धि गर्ने र विमानस्थल लगायत नेपाल प्रवेशका प्रमुख नाकाहरुमा उपकरण सहति स्वास्थ्यकर्मीको व्यवस्था गरी यात्रुहरुको ज्वरो मापनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो।
हेरौँ निर्णय
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस