• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २५, मंगलबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

भ्रष्टाचारीलाई कारबाही गरे स्थानीय तह नै खाली हुन्छ : गृहमन्त्री

March 2, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
भ्रष्टाचारीलाई कारबाही गरे स्थानीय तह नै खाली हुन्छ : गृहमन्त्री
All-focus


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

फागुन १८, २०७६ पर्वत : गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले स्थानीय तहमा भ्रष्टाचार बढिरहेको भन्दै त्यसबारे चिन्ता व्यक्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्वतको नयाँ भवन उद्घाटनका लागि पर्वत आएका गृहमन्त्री थापासँग नेकपा पर्वतले राखेको नेता तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले अख्तियारलाई उद्धृत गर्दै स्थानीय तहमा भ्रष्टाचार बढेको बताएका हुन्। ‘अख्तियारबाट थाहा पाएको कुरा अनुसार सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भइरहेको छ’, उनले भने, ‘अख्तियारले भनेको छ, स्थानीय तहका भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने तहहरू नै खाली हुने अवस्था छ।’ स्थानीय तहका जनप्रतिनिधिलाई अख्तियारले घुससहित रंगेहात पक्राउ गर्नुले स्थानीय तहमा भइरहेको भ्रष्टाचारको अवस्था देखाएको गृहमन्त्री थापाको भनाई छ। झन्डै दुईतिहाइ बहुमतको सरकार केन्द्रमा रहनु र अधिकांश स्थानीय तहमा नेकपाकै जनप्रतिनिधिको वर्चस्व रहेका कारण नेकपाले नै भ्रष्टाचार रोक्ने गरी काम गर्नुपर्ने उनले बताए।  पार्टीमा गुटबन्दी र अवैध ‘फर्मेसन’ नेकपाभित्र गुटबन्दी बिस्तार भएको बताउँदै गृहमन्त्री थापाले कुनै पनि गुटले क्रान्ति गर्न खोजेमा त्यो असफल हुने दाबी गरे। रुस, चीन, युरोपलगायतका ठाउँमा भएका क्रान्तिहरू पार्टीले गरेका कारण सफल भएको बताउँदै उनले गुटले गरेका क्रान्तिको अर्थ नभएको उल्लेख गरे। ‘हामीले पार्टी एकता गरेको पनि दुई वर्ष भएको छ। तीन महिनामा सबै काम सक्ने भनेका थियौँ,’ उनले भने, ‘हाम्रो पार्टीमा यस्तै खालको प्रवृत्ति रह्‍यो। त्यस्ता तीन महिना त कति बितेबिते।’ पार्टीका शीर्ष नेताहरूबाटै गुटबन्दी भइरहेका कारण विभिन्‍न कमिटीहरू निर्माण गर्दा आफ्ना मान्छे पार्न खोज्‍ने प्रवृत्ति कायमै रहेको उनको भनाई छ। पार्टाीभित्र निर्माण गरिने विभिन्‍न कमिटीहरूमा महिलाको उचित प्रतिनिधित्व नभएकाले कतिपय कमिटीहरूको फर्मेसन अवैध रहेको गृहमन्त्री थापाले बताए। पुरुष मात्र भएको पार्टीले समाजवादको यात्रा तय गर्न नसक्ने भएकोले केन्द्रीय समितिको बैठकमा पनि महिलाको सहभागिताको विषय गम्भीर रूपमा आएको उनको भनाई छ। नीतिगत रूपमा महिलाका लागि ठाउँहरू दिइएको भए पनि व्यवहारिक रूपमा त्यो लागु नहुनु दुःखद मन्त्री थापाले बताए। पार्टीको रणनीति समाजवाद नै हो आफूले गर्दै आएको क्रान्तिको अन्तिम लक्ष्य समाजवाद नै भएको बताउँदै उनले अहिले पनि पार्टीले समाजवादको लक्ष्य राखेर त्यसैको लागि आधार तयार गर्ने काम गरिरहेको भनाई राखे। देश र पार्टी दुवै समाजवादको नयाँ चरणमा प्रवेश गरेको भए पनि सामन्तवादका कतिपय अवशेष बाँकी रहेका कारण तिनीहरूलाई पन्छाउने काम गर्नुपर्ने गृहमन्त्री थापाको भनाई छ। ‘पार्टीको रणनीति भनेको समाजवाद नै हो। अहिले रणनीतिका रूपमा विशेष योजना भनिएको छ। त्यो हाम्रो एक प्रकारको क्रान्ति नै हो’ उनले भने, ‘समाजवादमा जानको लागि हिजो पनि शत्रु थिए। अहिले पनि छन् तर फरक यत्ति हो की शत्रुको स्वरूप परिवर्तन भएको छ।’ देशले समाजवादी अर्थतन्त्र खोजिरहे पनि प्रतिगामी तत्त्वहरूका रूपमा दलकै नेता तथा कार्यकर्ता, तस्करहरू, भूमाफियालगायत सक्रिय रहेको गृहमन्त्री थापाले उल्लेख गरे। एमसिसीबारे  बहसमा रहेको अमेरिकी एमसीसीबारेमा आफ्नाे स्पष्ट भनाई भन्दा पनि भइरहेका बहसलाई नै उनले राखे। एमसिसीको अध्ययन गरेर कार्यदलले सचिवालयमा बुझाएको प्रतिवेदनमा कतिपय बुँदाहरू राष्ट्रका लागि खतरनाक भनिएकोले तिनीहरूको संशोधन गर्नुपर्ने सुझाव अनुसार नै पास हुने अपेक्षा रहेको गृहमन्त्री थापाको भनाई छ। ‘एमसिसीलाई एकाधिकार पुँजीगत चरित्रको रूपमा लिन सकिन्छ’ एमसीसीका बारेमा आफूले सुनेको कुरा बताउँदै उनले भने, ‘अमेरिकाको आफ्नो सैन्य रणनीतिका रूपमा यसलाई अगाडि सारिएको हो। यो चीनलाई घेराबन्दी गर्ने रणनीति हो सोही कारण चीन आसपासका देशमा यो लागू गर्ने प्रयास गरिएको छ भन्ने कुरा आइरहेका छन्।’ एमसिसी पास भएमा एक पक्षले छिमेकी चीनसँगको सम्बन्ध बिग्रिने खतरा रहेको बताएको र अर्को पक्षले अमेरिकाले यस्ता खालका सहयोग गर्दै आएकोले यसलाई पास गराउँदा कुनै फरक नपर्ने तर्क गरेको गृहमन्त्री थापाले बताए।  सरकार ढाल्न दुस्मन लागि परेका छन्  वर्तमान सरकारले गरिरहेका राम्रा कामहरू सहन नसकेर तथा नेकपा ठूलो शक्ति भएको देख्न नसकेर शत्रुले सरकार ढाल्ने र पार्टी फुटाउने प्रयत्न गरिरहेको गृहमन्त्री थापाको भनाइ छ। केही प्रकरण र अन्य केही गल्तीका कारण दुष्मनले सरकार र नेकपालाई घेराबन्दीमा पार्ने मौकाका रूपमा लिएको बताउँदै उनले सरकारमा रहेका नेता तथा मन्त्रीको विषयमा विभिन्न प्रकरणहरू बाहिर आउनुले पनि पार्टीको छविलाई नकारात्मक असर गरिरहेको बताए। केही प्रकरणहरू बाहिर आउँदैमा निराश हुनुपर्ने अवस्था नरहेको तर प्रतिगामीका विरुद्धमा सशक्त ढंगले लड्नु पर्ने बेला आएको भन्दै मन्त्री थापाले आफ्ना पार्टीका कार्यकर्तालाई प्रतिगामी शक्तिका विरुद्धमा क्रान्ति गरिराख्न सुझाव दिए/###थाहा खबरका###

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑