काठमाडौं : नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ डाक्टरका लागि लिएको लाइसेन्स परीक्षामा ५६ प्रतिशत डाक्टर असफल भएका छन्।
परीक्षामा ३४ विधाका ३ सय १५ डाक्टर सहभागी भएपनि ४४ प्रतिशत डाक्टर मात्र उत्तीर्ण भएको काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले जानकारी दिए।
सबैभन्दा बढी रेडियोलोजी र अर्थोपेडिक्सका डाक्टर परीक्षामा सहभागी भएका काउन्सिलले तथ्यांकमा उल्लेख छ।
विशेषज्ञ चिकित्सकका लागि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङमा शनिबार बिहान ९ देखि ११ बजेसम्म परीक्षा लिइएको थियो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस