काठमाडौं। नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी छाड्न अथवा पार्टीको निर्णय कार्यान्वयन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन्।
आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित खनालको अन्तर्वार्तामा खनालले भनेका छन्, ‘वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सचिवालयले निर्णय गरेको छ। बाहिर के आयो मलाई थाहा छैन। तर, म यति भन्छु – पार्टी निर्णय नेकपाका सबै नेता–कार्यकर्ताले पालना गर्नुपर्छ। पार्टी निर्णयको खिलाफमा जाने छुट कसैलाई पनि हुुँदैन। प्रधानमन्त्रीले पनि टाउकोले टेकेरै भए पनि पार्टी निर्णय कार्यान्वयन गर्नैपर्छ।’
बैठकमा निर्णय हुँदा प्रधानमन्त्रीले कुनै असहमति राख्नुभएको थियो कि भन्ने प्रश्नमा खनालले भनेका छन्, ‘अहँ, राख्नुभएको थिएन। उहाँले पनि समर्थन गर्नुभएको हो। सर्वसम्मत निर्णय भएको हो। वामदेवजीको नाम हामी सबै नौजनाले नै प्रस्ताव गरेका हौँ। यहाँ कसैको बमति थिएन।’
प्रधानमन्त्रीले निर्णय नमानेर अर्कै नाम सिफारिस गर्नुभयो भने के हुन्छ भन्ने प्रश्नमा खनालले भनेका छन्, ‘पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुबाहेक उहाँसँग विकल्प छैन। कि त प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्यो, नेकपाको अध्यक्ष हुने अनि पार्टीको निर्णय नमान्ने हुन्छ त ?’
बुधबारकाे बैठकले नेकपाका उपाध्यक्ष वामदेव गाैतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेकाे थियाे। प्रधानमन्त्रीले उक्त निर्णय नमान्ने बताएपछि नेकपाका नेताहरु बीचकाे मतभेद सतहमै छताछुल्ल भएकाे छ। प्रधानमन्त्रीकाे पछिल्लाे हठले नेकपा अप्ठ्याराे परिस्थितिमा पुगेकाे नेताहरुकाे विश्लेषण छ।





कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
देशभर मौसम सफा रहने
प्रतिक्रिया दिनुहोस