• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवनको मुख्य सडक नारायणगढ क्षेत्रको अवस्था: सडकमै पोखरी, यात्रुलाई सास्ती

February 26, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ३ मिनेट
चितवनको मुख्य सडक नारायणगढ क्षेत्रको अवस्था: सडकमै पोखरी, यात्रुलाई सास्ती

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

चितवन, फागुन १४-

पानी पर्‍यो कि सडक जलमग्न । यो चितवनको मुख्य सडक नारायणगढ क्षेत्रको अवस्था हो । तर, यो समाधान भन्दा अझ बिकराल बन्दै गएको छ । पानी पर्‍यो  कि सडकका दाँयाबाँया जलमग्न हुन्छन् । नारायगढको लायन्सचोकदेखि पुल्चोक सम्मको अवस्था यस्तै छ । पानीको मुल फुटे झै सडकको छेउबाट ढलको पानी निस्कन्छ, अनि पैदलयात्री र मोटरसाइकल चालकको बिजोग देखिन्छ । जलमग्न पानीमा बजारको टल्किएको छाया प्रष्टै देख्न सकिन्छ ।

नारायणगढको शहिदचोकमा दशकौं अघिदेखि फलफूल बेच्दै आएकी अन्जनी पाण्डेले नारायणगढ दिनप्रतिदिन कुरुप बन्दै गएमा चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘देशकै मुटु मानिएको नारायणगढ बजारमा अहिले पानीको तालले हिडिसाध्य छैन । सवारीसाधनले छ्यापेको हिलो पखाल्दैमा हैरान भइन्छ ।’ महानगरपालिका भइसक्दा पनि बजारको अवस्था नसुध्रिएकोमा उनले चिन्ता व्यक्त गरिन् । उनको जस्तै समस्या भोग्ने नारायणगढमा धेरै देखिन्छन् ।

त्यस्तै अर्काे चिन्ता व्यक्त गर्नेमा नारायणगढको शहिदचोकमा रहेको भेटघाट रेष्टुरेन्टका सञ्चालक गोविन्दप्रसाद तिवारी पनि छन् । उनले महानगरपालिकाले थोरै खर्च गरेर समस्या समाधान गर्न सक्ने काममा पनि चासो नदिएको नारायणी अनलाइनलाई गुनासो गरे । उनले भने, ‘पानीको निकास हुने चेम्बरमा राखिएको जालीलाई बलियोसँग राख्न नसक्दा यो समस्या आएको हो । कवाडीवालाले जाली सबै तानेर लगे तर जालीलाई व्यवस्थित ढंगले राख्न नसक्दा ढल सबै जाम भयो ।’ व्यवसायी तिवारीले धेरै वर्ष अगाडिदेखि नारायणगढमा यो समस्या रहेको बताए । उनले भने, ‘मेरो रेष्टुरेन्ट अगाडि मैले नै सरसफाइ गर्छु । अरुले पनि चासो राख्नु पर्छ ।’

सामान्य वर्षासँगै आएको पानीले पुल्चोक क्षेत्रको सडक जलमग्न हुन्छ । पुल्चोक क्षेत्रको सडक किनारामा सवारीसाधन रोक्ने ठाउँमा ठूला ठूला खाडल छन् र त्यसमा पानी जमेका छन् । सडकभरी पानी हुँदा वारपार गर्ने यात्रुलाई समस्या हुने गरेको छ । वर्षाेदेखि नागरिकले भोग्दै आएको यो समस्याको निराकरण कहिले हुने हो अहिलेसम्म पनि अन्यौल नै छ । नागरिकले प्रत्यक्षरुपमा यो समस्याको गुनासो महानगरपालिका र वडा कार्यालयहरुमा गर्दै आएका छन् भने ती कार्यालयहरु समस्यालाई डिभिजन सडक कार्यालयतिर तेर्सार्ने गर्छन् । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारी नारायणगढ बजार क्षेत्र पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत नै पर्ने भएकोले पनि यसको मर्मतसंहार गर्ने जिम्मेवारी डिभिजन सडक कार्यालयको नै हुने नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ पुल्चोक–गोन्द्राङ सडक विस्तारको लागि अहिले टेण्डर भइरहेको छ । यो काम सकिएपछि अहिले देखिएको सडकको समस्या समाधान हुन्छ । ’ उनले सडक विस्तारको काम सकिन अझै २८ महिना लाग्ने पनि नारायणी अनलाइनलाई जानकारी दिए । धेरै वर्ष अगाडि बनेको सडक र ढलको समस्याले गर्दा पनि सडक किनारमा पानी जम्ने समस्या आएको उनको विचार थियो । अझै नागरिकले यो समस्याबाट मुक्ति पाउनको लागि साढे दुई वर्ष पर्खनुपर्ने भएको छ ।

त्यसैगरी नारायणगढ बजारमा देखिएको समस्याबारे महानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष जयराम श्रेष्ठले धेरै अगाडिदेखि यो समस्या देखिएको बताए । उनले भने, ‘पुरानो सडक र नालीको समस्याको कारणले सडकमा पानीको ताल बन्ने गरेको छ ।’ अध्यक्ष श्रेष्ठले अहिलेनै वडाले खर्च गयो भने पछि फेरि भत्काउन पर्ने हुनसक्ने भएकोले पनि सडक डिभिजनले सडक बिस्तार गरिसकेपछि समस्या समाधान हुने विचार राखे । उनले पुंगी खोलाको सतह बढ्दै गएको अवस्थामा पानीको राम्रो निकास नभएकोले बजारमा समस्या देखिएको बताए । जसको जिम्मेवारी भए पनि नागरिकले सडकमा सास्ती पाउनु भएन भन्ने सबैको विचार रहेको छ ।

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑