चितवन १३ फागुन । चितवनको कालिका नगरपालिकाले अग्निनियन्त्रण पूर्ण व्यवस्थापन सहितको अत्याधुनिक भवन निर्माण सुरु भएको छ । करिब ११ करोड लागतमा कार्यालय भवन निर्माण गर्न लागिएको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ गोपीले जानकारी दिए ।
पाँच तल्ले भवनमा लिफ्टको समेत व्यवस्था रहने मेयर श्रेष्ठले बताए । सो भवनमा विषयगत शाखासहित नगर सभा आयोजना गर्ने हल समेत निर्माण हुनेछ । निर्माणको जिम्मा पाएको रविना कन्स्ट्रक्सनले आगामी डेढ वर्ष भित्र काम सक्ने लक्ष्य राखिएको नगरपालिकाको सडक तथा अन्य पूर्वाधार शाखा प्रमुख इन्जिनियर राजेश कोईरालाले बताए । सो भवनको केही दिन अघि गृहमन्त्री रामबहादुर थापा वादलले शिलान्यास गरेका थिए ।
भवनमा अग्नि नियन्त्रणको समेत पूर्ण व्यवस्था रहने प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए । सेवाग्राही मैत्री भवन निर्माण हुने छ उनले भने सम्भवत यो भवन जिल्लाका अन्य स्थानीय तहको कार्यालय भन्दा पृथक हुने छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस