• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ बैशाख २९, सोमबार | Mon, 12, May, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

ओलीका ‘धर्मपुत्र’ जस्तै थिए बास्कोटा, यस्तो छ सम्बन्धको नालिबेली

२०७६ फागुन ९, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
ओलीका ‘धर्मपुत्र’ जस्तै थिए बास्कोटा, यस्तो छ सम्बन्धको नालिबेली


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौं– दुई वर्षअघि फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीले एउटा नारा अघि सारे, ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ।’

त्यो नारा अहिले प्रत्येक मन्त्रालय र विभागका ढोकामा टाँसिएको छ। त्यही नारा लेखिएको मन्त्रालयको ढोकाभित्र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसनको ‘डिल’ गरेको बिहीबार सार्वजनिक भयो।

 

कमिसन लेनदेनको कुरा चलिरहेको अडियो बाहिरिएपछि ओलीका विश्वासपात्र बाँस्कोटा मन्त्रिपरिषद्बाट बाहिरिन बाध्य भएका छन् ।

ओली सरकारमा मन्त्रीहरू भित्रिनु, बाहिरिनु नौलो घटना होइन तर बाँस्कोटाको बहिर्गमनको प्रकृति अन्यभन्दा भिन्न र अर्थपूर्ण छ।

पटकपटक ‘भ्रष्टाचारीको मुख पनि हेर्दिनँ’ भन्दै आएका प्रधानमन्त्री ओलीका प्रियपात्र बाँस्कोटा नै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको करिब ७० करोड रुपैयाँ ‘कमिसनको डिल’ गरेको प्रकरणमा जोडिएपछि बाहिरिएका हुन्।

यो प्रकरणले प्रधानमन्त्रीलाई नै अप्ठेरामा पारेको ओलीनिकट एक नेताले बताए । ‘कमिसनको कुरा पुष्टि होला, नहोला तर प्रधानमन्त्रीका सबैभन्दा निकट व्यक्ति कस्ता रहेछन् भन्ने कुरा एक्सपोज भएको छ,’ उनले भने ।

बाँस्कोटा ओलीका कति नजिक हुन् भन्ने बुझ्न तीन दिनअघि धुलिखेलमा आयोजित एक कार्यक्रममा गरेको सार्वजनिक प्रशंसालाई सुने पुग्छ।

‘काभ्रे प्रतिभा जन्माउने ठाउँ हो, प्रतिभा जन्माउने जिल्ला हो, यो कुरा क्रमशः प्रकट हुँदै गएको छ,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा र अर्कातिर अरू सबै जस्तो देखिएको छ। सरकारको विरोध गर्नुपर्‍यो भने गोकुल बाँस्कोटातिर हेरेर चुप लाग्छन्।’

औधि प्रशंसा गरेको तीन दिनपछि बाँस्कोटा पदीय आचरणविपरीत कमिसनको डिल गरेको अडियोका कारण बाहिरिँदा ओलीलाई झट्का लागेको छ।

नेकपाका एक नेता बाँस्कोटाका कारण ओलीलाई परेको चोट यसअघि तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोप लाग्दा अर्का अध्यक्ष पुष्पकमल दाहाललाई लागेको झट्कासँग तुलना गर्छन्। यो खबर आजको कान्तिपुर दैनिकले लेखेको छ।
‘महरा दाहालका अत्यन्तै निकट थिए। उनीमाथि पदीय आचरणविरुद्धको कुरा आएपछि दाहाललाई ठूलो चोट परेको थियो,’ नेकपा स्थायी कमिटीका एक सदस्यले भने, ‘ओलीका लागि बाँस्कोटा त्यस्तै निकट विश्वासपात्र हुन्, उनैले यस्तो आचरणविपरीतको काम गरेपछि ओलीलाई नराम्रो झट्का लागेको छ।’

बाँस्कोटा ओलीको शयनकक्षसम्म पहुँच राख्थे। उनको अधिकांश उठबस बालुवाटारमै हुन्थ्यो। मन्त्री भएपछि बाँस्कोटाले सरकारी मन्त्री क्वार्टर पाएनन्। त्यसयता उनी प्रधानमन्त्री ओलीकै भक्तपुर बालकोटस्थित निवासमा बस्दै आएका छन्। ओलीले आफ्नो घरमै बाँस्कोटालाई लगेर राख्नुले पनि उनीहरूबीचको सम्बन्धको गहिराइ बुझाउँछ।

मन्त्रिपरिषद्बाट हालै बाहिरिएका एक पूर्वमन्त्रीका अनुसार बैठकमा बाँस्कोटाको अरूभन्दा फरक प्रस्तुति हुन्थ्यो। ‘मन्त्रिपरिषद् बैठकमा अरू मन्त्रीहरू प्रधानमन्त्रीसँग सिधा वादविवाद गर्न हच्किन्थे तर बाँस्कोटाले हाकाहाकी कुरा गर्थे,’ ती पूर्वमन्त्रीले भने, ‘प्रधानमन्त्री पनि उनकै कुरा मात्र सुन्थे।’

प्रधानमन्त्री ओलीले बाँस्कोटालाई यति धेरै च्याप्नुको कारण बुझ्न पुराना घटनाक्रमतर्फ फर्कनुपर्ने हुन्छ। कुनै बेला माधव नेपाल पार्टी महासचिव छँदा उनको पेलानमा परेर ओली कमजोर अवस्थामा थिए, त्यसबेला ओलीका पक्षमा उभिनेमध्येका एक बाँस्कोटा थिए।

पार्टी पत्रकारिता गर्दै ओलीको नजिक पुगेका बाँस्कोटाले पार्टीभित्रको जस्तोसुकै समस्यामा पनि उनको साथ छाडेनन्। ‘आफूलाई समस्यामा पर्दा साथ दिने व्यक्तिलाई ओली संरक्षण गर्छन्। त्यसैले बाँस्कोटाले पनि यति धेरै महत्त्व पाएका हुन्,’ एक नेताले भने।

बाँस्कोटा पार्टीमा तल्लो तहबाटै संगठित हुँदै काभ्रे जिल्लाको अध्यक्षसमेत भएर केन्द्रमा आइपुगेका हुन्। उनलाई अन्य नेताभन्दा छिटो अघि बढ्न ओलीको साथ रह्यो। दोस्रो संविधानसभा चुनावमा तत्कालीन एमालेले २०६४ को संविधानसभा चुनावमा जितेका र निकटतम प्रतिस्पर्धी रहेका व्यक्तिलाई नै टिकट दिने एमालेले मापदण्ड बनायो।

काभ्रेमा २०६४ को चुनावमा वाग्मती अञ्चलबाट एमालेबाट जित्ने कृष्णप्रसाद सापकोटा मात्र थिए तर ओलीकै जोडबलमा सापकोटाको टिकट खोसियो र बाँस्कोटालाई दिइयो। उक्त चुनाव बाँस्कोटाले हारे तर २०७४ को चुनावमा उनी विजयी भएर आए।

पार्टीभित्र तीन पटक लगातार चुनाव जितेका धेरै सांसद छन् तर बाँस्कोटाले पहिलोपटक सांसद हुनेबित्तिकै ओलीको मन्त्रिपरिषद्मा प्रवेश पाए। सुरुमा क्याबिनेटस्तरको सञ्चार राज्यमन्त्री भएका उनी पछि मन्त्री बने।

गत पुसमा उपेन्द्र यादवको समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि ओलीले बाँस्कोटालाई नै सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि थपिदिए।

मन्त्रीका रूपमा बाँस्कोटाले ओलीसँग सम्बन्ध सघन बनाउन थालेपछि ओलीको गुटमा पनि तरंग ल्याएको छ। ओलीलाई साथ दिँदै आएका धेरै नेताको अहिले दूरी बढेको छ।

‘विरोधी र प्रतिस्पर्धीलाई पेल्ने खालको शैली बाँस्कोटाको छ, मन्त्री भएका कारण प्रधानमन्त्रीसँग उनको भेटघाट ज्यादा हुन्छ। उनले नेतृत्वलाई भ्रममा राखेका छन्,’ ओलीलाई नजिकबाट सहयोग गर्ने सांसदसमेत रहेका एक केन्द्रीय सदस्यले भने, ‘अहिले उनैले ओलीलाई अप्ठेरामा पारिदिए।’

बाँस्कोटा पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत निकट थिए, जसका कारण उनको मनोबल बढेको थियो।

प्रधानमन्त्रीको सचिवालयमा रहेका केही नेता र बाँस्कोटासमेतका कारण पार्टीका धेरै नेताको ओलीसँग सम्पर्क पनि पातलियो।

भेटघाटका क्रममा नेताहरूले ओलीसँग गुनासोसमेत गर्ने गरेका थिए तर गुनासो गर्ने नेताको कुरा ओली सुन्दैनथे। बरु सरकारको प्रतिरक्षा गर्ने एक मात्र सारथि बाँस्कोटा भएको भन्दै प्रशंसा गर्थे।

केही नेता ओली सरकारलाई बदनाम गराउनमा पनि बाँस्कोटाको भूमिका देख्छन्। विशेष गरी बाँस्कोटाको रुखो बोली र प्रतिक्रियात्मक शैली सार्वजनिक आलोचनाको विषय बन्यो।

‘हरेक नेता आफूपछि नेतृत्वमा आफ्नै अनुहारको छाया देख्न चाहन्छ, त्यस्तै छाया ओलीले बाँस्कोटामा देखेका थिए र त्यहीअनुसार अघि बढाउन खोजे, बढाए,’ एक नेताले भने, ‘तर त्यो प्रत्युत्पादक बन्यो।’

बाँस्कोटा राजनीतिमा आउनुअघि पत्रकारितामा थिए तर आफ्नो कार्यकालमा सबैभन्दा बढी अनुदार उनी आफ्नै विरादरीप्रति भए।

मिडिया काउन्सिल, सूचना प्रविधि विधेयक, आमसञ्चार विधेयकलगायतमा उनले नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रतिकूल हुने खालका प्रावधान ल्याए, जसका कारण समग्र सरकार र पार्टी नै रक्षात्मक बन्नुपर्‍यो।

यो कुरा नेकपाको गत महिनाको केन्द्रीय कमिटी बैठकमा पनि उठ्यो। विवादका कारण पछि विधेयकहरू सच्याउनुपर्ने अवस्था आयो। सरकारको प्रवक्ताको हैसियतमा बाँस्कोटा हेरक साता पत्रकार सम्मेलनमार्फत मिडियासामु प्रकट भए।

हरेक पटक उनले पत्रकारलाई कुनै न कुनै नैतिकता, मर्यादा र अनुशासनका भाषण सुनाए। पत्रकारका प्रश्नमा ठाडो उत्तर पनि दिए।

बुधबार सार्वजनिक भएको उनको अडियो टेपमा प्रयुक्त भाषा र पदीय आचरणविपरीतको गतिविधिले भने बाँस्कोटामाथि नैतिक संकट खडा गर्‍यो।

अडियो सार्वजनिक भएको घटना काठमाडौंमा सार्वजनिक हुँदा कञ्चनपुरमा रहेका उनले गलत नगरेको दाबी गर्दै बाहिर आएको विषयको आफैं सामना गर्ने अभिव्यक्ति दिए। बाँस्कोटा पार्टीको मञ्चमा कञ्चनपुरमा भाषण गरिरहँदा यता बालुवाटारमा नेकपाका अध्यक्षद्वय ओली र दाहालको बैठक बस्यो।

बाँस्कोटाका विषयमा उनीहरूबीच समीक्षा भयो । यता कांग्रेसले संसद् घेरिसकेको थिय । सामाजिक सञ्जालमा सरकारको विरोध चर्किइसकेको थियो। त्यसैले बाँस्कोटालाई राजीनामा गराउने निकर्षमा ओली र दाहाल पुगे

अपराह्न बाँस्कोटा धनगढीबाट काठमाडौं फर्केर सिधै बालुवाटार गए । प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाए। राजीनामापछि उनले भनेका छन्, ‘मेराबारे प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु।’

मन्त्री बाँस्कोटाको राजीनामापछि बालुवाटारमै प्रधानमन्त्री ओली चिन्तामणि शिवाकोटीद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा गए। त्यहाँ उनले बाँस्कोटाको नाम त लिएनन् तर विगतमा पटकपटक बोलेजस्तै अभिव्यक्ति दिए, ‘सुशासनका लागि लडिरहेको छु, नजिक टाढाका भनेर कसैलाई छाड्दिनँ।’ ###मिडिया डबली####

बाट थप

  • ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्नेट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने
  • अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमतअमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत
  • लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)
  • विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यासविराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    प्रधानमन्त्री ओली लुम्बिनीमा (फोटोफिचर)

    प्रधानमन्त्री ओली लुम्बिनीमा (फोटोफिचर)

    कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

    कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

    अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्बजनिक गरिने

    अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्बजनिक गरिने

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    प्रधानमन्त्री कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    यस्ताे छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पुर्णपाठसहित)

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    सरकारको प्रगतिको तथ्यांक राख्दै एमाले महासचिवले पोखे प्रचण्डसँग आक्रोश

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

    बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १४ को वडा कमिटी अधिवेशन सम्पन्न, जनार्दन अधिकारी अध्यक्षमा सर्वसम्मत

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    एकैदिन ३६ सय बढयो सुनको मुल्य

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    त्रिबीको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजवाट अनलाइनवाट लिन सकिने

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    “जाने हैन त…?” को क्रेज: सडकदेखि फेसबुकसम्म सोधिन्छ एउटै प्रश्न!

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    सरकार फेरबदल हल्ला मात्रः काग्रेस सभापति

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र महानगर प्रमुख दाहाल द्वारा संयुक्त रुपमा उद्घाटन

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

    समाचार
    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    डिएसपी गोदार र इन्सपेक्टर राई नागरिक अभिनन्दनसहित सम्मानित

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑