एजेन्सी : गाजा क्षेत्रमा भइरहेको युद्धमा परेर इजरायलका एक मन्त्रीका छोराको मृत्यु भएको छ । पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा गाजा पट्टी क्षेत्रमा भएको लडाइँमा मारिएका हुन् ।
उत्तरी गाजा क्षेत्रको एक सुरुङमा बम बिस्फोट हुँदा २५ वर्षका मेजर गल इसेनकोट मारिएका इजरायलको रक्षा बल (आईडीएफ) ले जनाएको छ । विस्फोटमा परेर गम्भीर घाइते भएका इसेनकोटलाई अस्पताल लगिए पनि बचाउन नसकिएको खबरमा उल्लेख छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले घटनाप्रति दुःख व्यक्त गर्दै इसेनकोट ‘साँच्चिकैको हिरो’ भएको बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस