टोक्यो, जापान प्रवेश खुकुलो बनाएसँगै जापान सरकारले मार्च अन्त्यसम्ममा जापान प्रवेश गर्ने नवप्रवेशी विद्यार्थीहरुलाई प्रति व्यक्ति १ लाख येन दिने निर्णय गरेको छ ।
लामो समयसम्म नवप्रवेशीहरुमा माथि लगाइएको प्रतिबन्ध जापान सरकारले मार्च १ तारिकबाट खुकुलो बनाएको थियो । सकेसम्म सबै विदेशी बिधार्थीहरुलाई जापान भित्र्याउनको लागि जापानले बिभिन्न उपायहरु लगाइरहेको छ । जापानले हवाईजहाजको खालि सिट प्रयोग गरि प्रत्येक दिन विदेशी बिधार्थीहरु भित्र्याउने संख्या तिब्र गतिमा बढाईरहेको छ ।
कोरोनाको कहरले पार्ट टाइम काम पाउन मुस्किल हुनसक्ने भन्दै जापान सरकारले यही महिनाको अन्त्यसम्ममा जापान प्रवेश गर्ने जापानी भाषा बिधालय तथा विश्वविद्यालयका विदेशी विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्नको लागि प्रति व्यक्ति १ लाख येन दिन लागिएको भनेर एनएचकेले समाचार लेखेको छ ।
यसको साथसाथै समस्यामा परेका जापानी भाषा बिधालय, सेन्मोन गक्कोउ र विश्वविद्यालयमा अध्ययन गरिरहेका बिधार्थीहरुले पनि प्रति व्यक्ति आपतकालीन लाभको आबेदन दिन पाउनेछन् । आबेदन दिएकाहरुको बारेमा आफु अध्ययन गरिरहेको स्थानमा जाँच गरि महिनाको अन्त्यमा १ लाख येन भुक्तानी गरिनेछ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस