
सरकारले बैशाख १६ गते मंगलबारदेखि लकडाउनमा थप कडाई गरेको छ । थप कडाईका कारण बैंकका कर्मचारीले मंगलबार सास्ती खेप्नुपर्यो । सडकमा नीजि सवारी साधनले लकडाउन उल्लंघन गरेको भन्दै गृहमन्त्रालयले लकडाउनलाई कडाई गर्न निर्देशन दिएपछि मारमा बैंकका कर्मचारी परेका हुन् । सधैजसो बैंकको परिचयपत्रले कार्यालय जान पाएका कर्मचारीहरु बैशाख १६ गते मंगलबार भने सुरक्षाकर्मीले सडकमै रोके । कार्यालय जान सास्ती पाएको गुनासो बैंक हुदै बैंकर्स संघसम्म पुगेपछि बैंर्कस संघका अध्यक्ष भुवन दाहाले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललाई जानकारी गराए ।
कार्यकारी निर्देशक ढकालले प्रमुख जिल्ला अधिकारी र उपत्यका ट्राफिक प्रमुखलाई फोन गरेर बैंकले खटाएको पत्र साथमा रहेका कर्मचारीलाई रोक नगर्न आग्रह गरेपछि ट्राफिक प्रमुख भीम ढकालले उपत्यकाभित्रका ट्राफिकलाई सर्कुलर गरे ।
अब सम्बन्धित बैंकका कर्मचारीले बैंकबाट कार्यालय आउनका लागि लेखिएको पत्र साथमै बोकेर हिँडेको खण्डमा मात्र सवारी चलाएर कार्यालय जान पाइनेछ, अन्यथा प्रहरीले पक्राउ गर्नेछ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस