• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

समृद्ध नेपाल संस्था र संस्थाको बारेमा

April 28, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
समृद्ध नेपाल संस्था र संस्थाको बारेमा


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

संस्थाको परिचय ;
नेपालकाे गण्डकी प्रदेश ( प्रदेश नम्बर ४ ) मा पर्ने लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका – ९ , भोर्लेटारमा मिति वि.सं. २०५६ साल साउन २५ गते , मंगलबार , जन्मिनुकाे अहिले वाग्मती प्रदेश ( प्रदेश नम्बर ३ ) मा पर्ने चितवन जिल्लाको भरतपुर महानगरपालिका – ५ , नारायणपुर निवासी निराज रानाभाटज्यूले आफ्नो २० औं जन्मदिनको पावन अवसरमा मिति वि.सं. २०७६ साल साउन २५ गते , शनिबार , ` समृद्ध नेपाल ´ नामको संस्था स्थापना गर्नुभएको हो ।

संस्थाको उद्देश्य ;
बालबालिका , महिला , असहाय , बेसाहारा , घरबारविहीन , परित्यक्त , बृद्ध व्यक्तिहरु तथा जीवन जाेखिममा रहेकालाई सहयोग गर्ने । साथै सचेतना मुलुक कार्यक्रम , सरसफाइ कार्यक्रम तथा विभिन्न सामाजिक कार्यक्रम गर्ने ।

संस्थाको विशेषता ;
मानसम्मान तथा पदप्रतिष्ठाबाट टाढा रही नि:स्वार्थ सेवा भावका साथ राष्ट्रप्रति समर्पित हुँदै यथाशक्य याेगदान पुर्याउने ।

संस्थाको अायश्रोत ;
* संस्थाका अभियान्ताहरुबाट प्राप्त हुने मासिक आर्थिक सहयोग तथा अतिरिक्त सहयोग ,
* यस संस्थाका शुभेच्छुक तथा सहयोगीबाट प्राप्त हुने आर्थिक तथा अन्य सहयोग ,
* राज्यका विभिन्न निकाय तथा अन्य संघसंस्थाबाट प्राप्त हुन सक्ने आर्थिक तथा अन्य सहयोग ,
* सम्भावित आत्मनिर्भरमुखी आयआर्जनका कार्यक्रमहरु अवलम्बन गर्ने , अादि ।

संस्थामा याेगदान पुर्याउने माध्यमहरु ;
अभियान्ता :
यस संस्थामा आबद्ध भई मासिक रूपमा आर्थिक , नैतिक तथा अन्य सहयोग पुर्याउदै जाने व्यक्ति नै यस संस्थाको अभियान्ता हुनेछन् ।

विशेष सहयोगी :
रु. ५०,००० भन्दा माथि आर्थिक लगायत अन्य सहयोग पुर्याउनु हुने महानुभावहरु यस संस्थामा विशेष सहयोगीकाे भूमिकामा रहनेछन् र अभियान्ता बनेर रु.५०,००० भन्दा माथि आर्थिक सहयोग पुर्याइ अभियान छाेडेका अभियान्ताहरुलाई पनि यस संस्थामा विशेष सहयोगीकाे रूपमा लिइनेछ ।

दाता : संस्थाको लागि जग्गा , पानीको मुहान , ठूलो मात्रामा आर्थिक दान , अादि गर्ने महानुभावहरुलाई दाताको रूपमा लिइएको छ ।

सहयोगी :
आफ्नो गच्छेअनुसार आर्थिक , भौतिक , नैतिक लगाएत लगायत अन्य सानाेठूलाे सहयोग गर्ने व्यक्तिहरु नै सहयोगी हुन् ।

` समृद्ध नेपाल ´ काे अभियान्ता बन्नु किन ?
* राष्ट्रिय गौरवको अभियानमा अाफू सहभागी हुन ।
* पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपालीहरुबीच पारस्परिक भाइचारा र एकताको सम्बन्ध गाँस्न ।
* आफ्ना सन्ततिहरुलाई सामाजिक भावना जागृत गराउँदै समाज र राष्ट्रप्रति बफादार बनाउन ।
* पराेपकारी भावना भएका नेपालीहरुसँग पारिवारिक सम्बन्ध गाँस्न ।
* प्रत्यक्ष वा अप्रत्यक्षरूपमा राष्ट्रमा याेगदान पुर्याउन ।
* आफुले पुर्याएकाे याेगदानकाे श्रेय अाफैंलाई मिल्न ।
* अाफुले पुर्याएकाे याेगदानकाे सहि सदुपयोग भई पूर्ण आत्मसन्तुष्टि लिन ।
* संस्थामा समान हैसियत र मर्यादा कायम राख्न , अादि ।

अभियान्ताले पालना गर्नुपर्ने कुराहरू ।
* मासिक रूपमा आर्थिक सहयोग जम्मा गर्नुपर्ने ।
* संस्थाले सञ्चालन गरेका कार्यक्रमहरुमा सहभागिता जनाई भौतिक , नैतिक लगायत अन्य सहयोग पुर्याउनु पर्ने ।
संस्थाको निति नियम र मर्यादाको पूर्ण पालन गरिनुपर्ने ।
* संस्थालाई हित विपरीत हुने अभिव्यक्त तथा क्रियाकलाप हुनु नहुने ।
* संस्थाको अाधिकारिक फेस्बुकमा , फेस्बुक ग्रुप तथा पेजहरुमा अनावश्यक गतिविधिहरु पोस्ट गरिनु नहुने ।
* संस्थाको स्तरोउन्नतिको लागि गरिने छलफल , गोष्ठी तथा सेमिनारहरुमा सहभागिता जनाई उपयुक्त सल्लाह र सुझाव दिनुपर्ने , अादि ।

के भएमा अभियान्ता नरहन सकिने ।
* मासिक रूपमा आर्थिक सहयोग नगरेमा ।
* संस्थालाई हानी नोक्सानी पुर्याउने मनसाय राखेमा ।
* संस्थाको निति नियम र मर्यादा पालना नगरेमा ।
* संस्थाको हित विपरीत हुने अभिव्यक्त तथा क्रियाकलाप गरेमा , अादि ।

के भएमा सहयोगी मात्र हुने ।
* अनुकूल अवस्था हुँदाहुँदै पनि अभियान्ताले मासिक सदस्यता शुल्क जम्मागर्न छाडेमा ।
* अभियान्ताले संस्थाको हित विपरीत हुने खालका गतिविधि गरि संस्थाले हटाएमा ।
* संस्थामा आबद्ध नभई स्वच्छिक सहयोग गरेमा , अादि ।

कस्तो अवस्थामा अभियान्ता रहि रहन सकिने ।
प्रकोप , दुर्घटना , गम्भीर राेग , अादिमा परि आर्थिक अवस्था अत्यन्तै दयनीय भई संस्थामा जम्मा गर्नुपर्ने आर्थिक सहयोग जम्मा गर्न नसकी सहयोग गर्न नसक्नुको कारण बारे प्रष्ट खुलाई अभियान्या शुल्क छुट पाँउ भनी निवेदन पेश गरेमा निजको अवस्था हेरी अवस्था सुधारउन्मुख नहुन्जेलसम्मको लागि अभियान्ता शुल्क छुट्टै गर्न सकिने र अवस्था अत्यन्तै जटिल भई निजलाई सहयोग गर्नुपर्ने अवस्था अाएमा उल्टै सहयोग जुटाउन पहल गरिने ।

 

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑