• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

सरकारकै उपप्रधानमन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालका बीचको सम्बन्धमा चिसोपना

April 27, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
सरकारकै उपप्रधानमन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालका बीचको सम्बन्धमा चिसोपना


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौं । सरकारका दुई जना मन्त्रीको अहिले बोलचाल छैन । सत्तारुढ दल नेकपाका दुवै प्रभावशाली नेता र दुवै प्रधानमन्त्री केपी ओली गुटकै भएपनि दुई मन्त्रीका बीचमा बोलचाल छैन भन्दा तपाईहरुलाई आश्चर्य लाग्दा । तर घटनाक्रम यस्तै छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालका बीच अहिले सम्बन्धमा चिसोपना आएको छ । यसको कारण हो–औषधी तथा स्वास्थ्य उपकरण खरिद प्रकरण ।

उपप्रधानमन्त्री पोखरेलको निर्देशन पछि स्वास्थ्यमन्त्री ढकालले विवादास्पद कम्पनी ओम्नी बिजनेस कर्पाेरेट इन्टरनेसनल (ओबीसीआई) सँग स्वास्थ्य सामग्री खरिद सम्झौता गराउन लगाएका थिए । तर यो प्रकरणमा पोखरेलले आफनो नीहित स्वार्थ र कमिसनको चक्करमा आर्थिक रुपमा दाग नलागेका स्वास्थ्यमन्त्री ढकालको जीवनमा दाग लागेपछि दुई नेताका बीचको सम्बन्धमा दरार पैदा भएको हो । ढकाल निकट स्रोतका अनुसार, पोखरेलले ओम्नीसँगको सम्झौता प्रकरणमा ढकाललाई फसाईदिएका थिए ।

चौतर्फी विवाद, महँगो दररेट र ल्याइएका सामानहरुको समेत विश्वसनियता नदेखिएपछि सरकारले पछि ओम्नीसँगको सम्झौता रद्द गरेर सरकारबाट सरकार (जीटुजी) गर्ने गरी खरिद प्रक्रिया अगाडी बढाएको थियो ।  तर यो प्रकरणमा ओम्नीसंग सम्झौता गर्न पोखरेलले बारम्बार दिएको आदेशका कारण ढकालले सम्झौता गरेको र पछि आफुलाई जानाजान फसाईएको बुझेपछि ढकालले पोखरेलसंग आक्रोश पोखेको उनी निकट स्रोत बताउँछ । ढकालले पोखरेललाई भेटेरै आफुलाई खरिद प्रकरणमा बदनाम बनाएको भन्दै आक्रोश पोखेका थिए ।

उनले पोखरेललाई मलाई यसरी अपारदर्शी ढंगले फसाउने भन्दै आक्रोश ब्यक्त गरेका थिए । यो घटना चैत अन्तिम  साताको हो । त्यसयता पोखरेल र ढकालका बीचमा खास बोलचाल छैन । ‘उहाँहरु बीच अहिले सामान्य मन्त्रालयगत कुराकानीका सन्र्दभमा औपचारिकताका सम्बन्ध बाहेक अन्य बोलचाल छैन,’ ढकाल निकट स्रोतले सफलखबरसँग भन्यो,–‘पोखरेलको बदनामीको भागिदार उहाँ (भानुभक्त ं) बनेपछि पोखरेललाई भेटेर सम्म आक्रोश पोख्नुभएको थियो, त्यसयता खास सम्बन्ध राम्रो छैन ।’

यो खरिद प्रकरणमा अहिले संसदको सार्वजनिक लेखा समितिले समेत अनुसन्धान थालेको छ । हिजो आइतबार बसेको समिति बैठकले खरिद प्रकरणका सम्पूर्ण कागजात र मन्त्रालयको धारणा सहित ७ दिन भित्र समितिमा बुझाउन निर्देशन गरेको छ । तर यस विषयमा छानविन नै गर्ने भन्ने सार्वजनिक लेखा समितिले बोलिसकेको छैन् । उच्चस्तरीय समितिको संयोजकको हैसियतमा पोखरेल आफैले खरिद प्रकरणमा सम्झौता गर्न सक्ने भएपनि आफु सम्भावित आरोपबाट पन्छिन चलाखीपूर्वक स्वास्थ्य मन्त्रीलाई निदर्शेन गराएर ओम्नीसँग स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई सम्झौता गराउन लगाएको विषय अहिले ढकाललाई चित्त बुझेको छैन ।

कोरोना नियन्त्रणका सम्पूर्ण प्रक्रिया गर्न प्रधानमन्त्रीले पोखरेललाई अख्तियारी दिएको अवस्थामा त्यसँग सम्बन्धित रहेर खरिद गरिने स्वास्थ्य सामग्री र औषधीहरु सिधै आफैले सम्झौता गरेर खरिद गर्न सक्ने हुदाँहुदै पोखरेलले चलाखीपूर्वक आफ्नो टाउकोमा हालेर ओम्नीसँगै सम्झौताका लागि दबाब बढाएको बुझाईमा ढकाल छन्, यतिबेला । उनको राजनीतिक क्यारियरमा यसले नराम्रोसँग दाग लगाईदिएको छ । संकटका बेला भ्रष्टाचारमा लाग्ने दाग राजनीतिक जीवनमा ठूलो मूल्य चुकाउनु पर्ने खालको हुने भएकोले पनि पोखरेलसँग ढकाल आक्रोशित भएका हुन् ।

संसदको लेखा समितिले खरिद प्रक्रियामा छानविन थाल्दा आफु तानिने तर पोखरेल जोगिने देखेपछि पनि उनी पोखरेलसँग चिढिएका हुन् । ओम्नीलाई खरिद सम्झौता दिलाउनका लागि उपप्रधानमन्त्री पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायतले ढकाललाई निर्देशन गरेका थिए ।  आफु माथीका नेताहरुको निर्देशन पछि उनले खरिद सम्झौता प्रक्रिया अगाडी बढाएका थिए ।

तर यस प्रकरणमा युवराज शर्माहरु जोडिएको, उनीहरुले केही सामग्रीको स्याम्पल समेत ल्याएर पोखरेलमाथी नै परिक्षण गराएको र कमिसनकै चक्करमा ओम्नीलाई खरिदको जिम्मा दिएको सबै तथ्य बुझेपछि ढकाल पोखरेलसँग रिसाएका थिए । त्यसपछि उनले रक्षामन्त्रालयमै पुगेर पोखरेलसँग आक्रोश पोखेको स्रोत बताउँछ ।

खरिद सम्झौता रद्द गर्ने बेला प्रधानमन्त्री ओलीले पनि पोखरेल र ढकाललाई बालुवाटार बोलाएर हप्काएका थिए । आर्थिक रुपमा शुरु देखि नै अपारदर्शी रहेका पोखरेलले यो प्रकरणमा आफुलाई समेत मुछेपछि ढकाल पोखरेल सम्बन्धमा चिसोपना बढेको हो ।

बाट थप

  • उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टिउत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि
  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑