• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

महाभूकम्पको स्मरण गर्दै प्रधानमन्त्रीले भने- कोरोनाविरुद्धको लडाइँमा एकताबद्ध होऔं

April 24, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
महाभूकम्पको स्मरण गर्दै प्रधानमन्त्रीले भने- कोरोनाविरुद्धको लडाइँमा एकताबद्ध होऔं


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

१२ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीद्वारा भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार जारी सन्देशमा विषम परिस्थितिका बीच अनेकन दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा जुटन आग्रह गरेका हुन् ।

“सदृश्य भग्नावशेष निर्माण गर्न जति गाह्रो हुन्छ, अदृश्य शत्रुसँग लड्ने कार्य त्यसभन्दा धेरै जटिल हुँदो रहेछ भन्ने हामी सबैले बुझिरहेकै छौँ”, सन्देशमा भनिएको छ, “यतिबेला विश्वका विभिन्न देशजस्तै हामी पनि अर्को विश्वव्यापी महाविपद् कोरोना भाइरसको महामारीविरुद्धको लडाइमा छौँ, त्यसैका कारण विगत एक महिनादेखि सिङ्गो देश लकडाउनमा रहन बाध्य भएको छ, लकडाउनका कारण पुनःनिर्माण तथा पुनस्र्थापनाका कार्यमा गम्भीर असर परेको सर्वविदितै छ, मलाई विश्वास छ, कोरोना भाइरस विरुद्धको यस लडाइमा हामी विनाशकारी भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ सामना गरेर अघि बढ्न सक्षम हुनेछौँ ।”

सन्देशमा सही नीति, सहकार्य र स्रोत व्यवस्थापन तथा परिचालनको प्रबन्ध मिलाएरै हामी यस लडाइमा विजयी हुनेछौँ भनिएको छ । प्रधानमन्त्री ओलीले पुनःनिर्माण तथा पुनःस्थापनाको अवधारणा र अपनाएको विधि विश्वका अरु देशका लागि पनि अनुकरणीय हुनसक्ने स्तरको रहेको र सबैको सहयोग, सहकार्य, दृढता र संकल्पकै कारण सम्भव भएको उल्लेख छ । पुनःनिर्माण तथा पुनःस्थापनामा सहयोग पुर्‍याउनु हुने स्थानीय जनसमुदाय, राजनीतिक दल तथ जनप्रतिनिधि, निर्माणकर्मी, प्राविधिक, राष्ट्रसेवक, सञ्चारकर्मी एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहयोगी सबैलाई उनले धन्यवाद दिएका छन् ।

“अहिले लकडाउनका कारण सिङ्गो अर्थतन्त्र ठप्पप्रायः नै रहेको छ, यसले अर्थतन्त्रमा पार्ने नकारात्मक असरलाई न्यून गर्न आइपरेको यस संकटको सामना गरेर अघि बढ्नुको अर्को कुनै विकल्प पनि छैन”, विज्ञप्तिमा भनिएको छ, “यसबाट केही हदसम्म भूकम्पपछिको पुनःनिर्माणका बाँकी काम पनि प्रभावित हुनपुगेका छन्, आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थासहित अवरुद्ध पुनःनिर्माणको प्रक्रियालाई सुचारु गर्ने प्रबन्ध मिलाउन जरुरी भइसकेको छ, पुनःनिर्माण कार्यमा कुनै ढिलाइ नहोस् भनी समन्वय र प्रबन्ध मिलाउन सरकार गम्भीर र संवेदनशील छ ।”

आजभन्दा ठीक पाँच वर्षअघि विसं २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकमा केन्द्रविन्दु भई विनाशकारी भूकम्प गएको थियो । भूकम्प र त्यसपछिका पराकम्पबाट करिब नौ हजार व्यक्तिले ज्यान गुमाउनुपर्‍यो भने मुलुकले करिब रु सात खर्ब बराबरको आर्थिक क्षति बेहोर्नुपर्‍यो ।

“त्यतिबेला कतिपय, यसरी पनि सोच्दै थिए, भूकम्पबाट क्षति पुगेका लाखौँको सङ्ख्याका निजी आवास, यतिधेरै सार्वजनिक संरचना र पुरातात्विक महत्वका धार्मिक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्न त सकिएला ? गल्र्याम्मै ढलेको धरहरा फेरि उभ्याउन सकिएला ? यसरी पनि तर्क गरिँदै थियो, १९९० सालको भूकम्पपछि नयाँ सडक बनेझै के अब पनि नयाँ सिर्जना हुनसक्लान् ?”, सन्देशमा भनिएको छ, “भूकम्पको लगत्तै एकापसमा सहकार्य र सहयोगमा जुट्यौँ पहिले उद्धार, अनि राहत र त्यसपछि पुनःनिर्माणको अभियानमा जुट्यौँ, ‘पहिलेको भन्दा राम्रो र त्यो भन्दा झन् बलियो’ भन्ने नाराका साथ पुनःनिर्माण अभियान थाल्यौँ ।”

“फर्केर हेर्दा आज, विगतेका पाँच वर्षको अवधिमा भूकम्प प्रतिरोधी र आकर्षक कैयौँ संरचना बनाउन सफल भएका छौँ, निजी आवासतर्फ मात्रै हामीले करिब पाँच लाख घरको पुनःनिर्माण सम्पन्न गरिसकेका छौँ”, सन्देशमा भनिएको छ, “एक लाख ९० हजार घर पुनःनिर्माणको क्रममा छन्, हालसम्म नौ वटा एकीकृत बस्तीको पुनःनिर्माण सम्पन्न भई नै सकेका छन्, थप ७० वटाको योजना स्वीकृत भई पुनःनिर्माणको क्रममा छन् । यसरी व्यवस्थित र सुन्दर एकीकृत बस्ती बनिरहेका छन्, पाँच हजार ५९८ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ ।”

हाल ६६९ वटा स्वास्थ्य संस्थाको पुनःनिर्माण सम्पन्न भएको छ भने १४५ पुनःनिर्माणको क्रममा छन् । सम्पदा क्षेत्रका १७० मध्ये १०१ सांस्कृतिक तथा पुरातात्विक सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । थप ५४ सम्पदा पुनःनिर्माणको क्रममा रहेका छन् । ३४९सरकारी भवनको पुनःनिर्माण गरिएको छ र ४९ पुनःनिर्माणको क्रममा छन् ।

भूकम्पपछि असुरक्षित स्थानमा रहेका चार हजारभन्दा धेरै लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा व्यवस्था गरी नयाँ बसोबासको प्रबन्ध मिलाइएको छ । करिब नौ हजार भूमिहीन तथा सुकुम्बासीलाई जग्गाको व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण मिलाइएको छ । ऐतिहासिक धरोहरका रुपमा रहेका धरहरा र रानीपोखरीको अत्याधुनिक र सुन्दर पर्यटकीय गन्तव्यका रुपमा नयाँ निर्माण कार्य अघि बढेको छ । धरहराको दशौँ तल्ला ढलान भइसकेको छ ।

सम्पदा क्षेत्रमा पुनःनिर्माण सम्पन्न भएका र निर्माणको क्रममा रहेका गरी ९१ प्रतिशत प्रगति हासिल भएको छ । ३२ जिल्लाका सम्पदाको पुनःनिर्माण ४३.७ प्रतिशत सम्पन्न भइसकेका छन् । काठमाडौँ उपत्यकाका सम्पदाको पुनःनिर्माण ५९ प्रतिशत सम्पन्न भएको छ । “यसबीचमा कोरोना भाइरसको महामारी नआएको भए हाम्रो धरहरा यसका थप दुई तल्ला अग्लो ढलान भइसक्ने निश्चित थियो, मल्लकालीन नासो रानी पोखरीको आजकै दिन पुनःनिर्माण सम्पन्न गरी उद्घाटनको तयारी थियो”, सन्देशमा भनिएको छ, “नेपालको शैक्षिक जागरणको पहिलो विद्यालय दरबार हाइस्कूलको नवनिर्माण सम्पन्न भइसकेकाले त्यसको पनि सगौरव उद्घाटन हुने थियो, सिंहदरबारको रेट्रोफिटिङ र पुनर्निर्माण कार्य सम्पन्न गरी त्यहाँ पूर्ववत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय स्थानान्तरणको तयारी गरिएको हुने थियो ।”

“सुरुदेखि नै विशेष सतर्कता अपनाएर कोरोना रोकथाम तथा नियन्त्रणका कार्य गर्दै आएका छौँ, यसबीचमा देखापरेका जुनसुकै समस्यालाई सही र सामयिक नीति, निर्णय र सुस्पष्ट योजनाका साथ सल्टाउँदै अघि बढेका छौँ, सबैको साथ, सहयोग र सजगताले गर्दा कोरोना भाइरसका कारण विश्वभर करिब दुई लाख मानिसले ज्यान गुमाउनुपरेको भए तापनि हामी कहाँ अहिलेसम्म मानवीय क्षति भएको छैन”, सन्देशमा भनिएको छ, “यस निम्ति हामीले समयमै चालेका कदमको सहीपना र नेपाली दिदीबहिनी तथा दाजुभाईको एकता र समझदारी मुख्य कारक रहेको छ, यसरी विषम् परिस्थितिका बीच अनेकन दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनुहुने सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।”

बाट थप

  • राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२
  • देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेतदेउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत
  • राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दरराष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर
  • ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्युढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑