काठमाडौं– उपप्रधान गृहमन्त्री रवि लामिछानेले चितवनमा होली पर्व मनाएका छन् ।
उनले आफ्नो निजी सचिवालय रहेको भरतपुर बसेनी चोकस्थित कार्यालयमा कार्यकर्तासँग एक आपसमा अबिर साटासाट गर्दै होली मनाएका हुन् ।
सो अवसरमा बोल्दै उनले अहिले गठबन्धन गरेर त सरकारमा आफूले ठूलो काम गरेको दाबी गरे । चितवन कै कारण आफूलाई हरेक सुख दुःखमा साथ सहयोगले नयाँ उचाइ पुगेको उनले बताए ।
लामिछानेले कांग्रेसलाई प्रधानमन्त्रीले गलत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा आफूहरू नपुग्ने भन्दै काम गर्न नसके राजीनामा पत्र अहिलेदेखि झोलामा तयार रहेको दोहराए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस