काठमाडौँ । बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर भएको छ । राजकुमारी केटले एक भिडियो सन्देश सार्बजनिक गर्दै आफूलाई क्यान्सर भएको र यसको उपचार भइरहेको बताएपछि यसको खुलासा भएको हो । उनको उपचार अझै प्रारम्भिक चरणमा रहेको उनले बताएकी छन् ।
भिडियोमा उनले भनेकी छन्- ‘केही अविश्वसनीय कठिन महिनाहरू पछि ठूलो झटका लागेको थियो । म अहिले ठीक छु र दिनप्रतिदिन बलियो हुँदै गएको छु ।’
बेलायतको दरबारले उनी पूर्ण रुपमा निको हुने विश्वास व्यक्त गरेको छ ।
राजकुमारी केटको गत जनवरीमा पेटको शल्यक्रिया गरिएको थियो तर त्यति बेला क्यान्सर भएको थाहा नभएको बताइएको छ ।
राजकुमारी केटले भनेकी छन्- ‘यद्यपि शल्यक्रियापछि गरिएको परीक्षणले मेरो शरीरमा क्यान्सर भएको थाहा भयो । मेरो मेडिकल टिमले मलाई निवारक केमोथेरापीको कोर्स लिनु पर्ने सल्लाह दियो । म उपचारको प्रारम्भिक चरणमा छु ।’
उनको केमोथेरापी फेब्रुअरीको अन्त्यमा सुरु भएको थियो । दरबारले भने यस समयमा कुनै पनि व्यक्तिगत चिकित्सा जानकारी साझा नगर्ने बताएको छ । यो कस्तो क्यान्सर हो भने बारे राजकुमारीले बताएकी छैनन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस