अस्ट्रेलियन सरकारले एआएबीटी कलेजको दर्ता खारेज गरेको छ। हजारौं नेपाली विद्यार्थीहरू अस्ट्रेलिया आएर शैक्षिक अन्यौलमा परेको समाचार सार्वजनिक भएसँगै यहाँको सरकारले कलेजको दर्ता खारेज गरेको हो।
अष्ट्रेलियामा डिप्लोमा अफ नर्सिङ पढ्न आएका विद्यार्थीहरू कलेज र एजेन्टको गलत रबैयाका कारण अन्यौलमा परेका थिए।
विद्यार्थीको अन्तर्राष्ट्रिय संगठन (सीसा), सम्बन्धित निकाय तथा अष्ट्रेलिया दूतावारमासमेत यो विषयले प्रवेश पाए पछि अस्ट्रेलियन स्कील क्वालीटी अथोरोटी (अस्क्वा) ले मंगलबार साँझ कलेजको दर्ता खोरेजी गर्ने निर्णय गरेको हो।
बैदेशिक अध्ययनको नाममा होडबाजी गर्दै अध्ययन गर्ने निकाय र विषयमा स्पष्ट नहुँदा एआइबीटी कलेजमा अध्ययन गर्ने एक हजार नेपाली विद्यार्थी गलत रबैयाको शिकार भएका थिए।
चौबिस महिने डिप्लोमा अफ नर्सिङ कोर्स पढ्न आएका नेपाली विद्यार्थी डेढ वर्ष पढेपछि कलेजले नर्सिङको सम्वन्धन नपाउने भएपछि आत्तिएका थिए।
यतिखेर चालिस हजारको हाराहारीमा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्यनरत छन्।
कलेजको खारेजीपछि त्यहाँ अध्यनरत हजारौ बिध्यार्थीको भबिष्य के हुने भन्ने विषय अहिले गौण छ।
अस्ट्रेलियाको शैक्षिक पद्धतिमा अस्ट्रेलियन स्कील क्वालीटी अथोरोटी (अस्क्वा) ले शैक्षिक संस्थाको दर्ता, सञ्चालन र कोर्सको छिनोफानो गर्छ।
Ncell
यस संस्थाले दर्ता दिएपछि र कोर्सको अनुमोदन पछि मात्र विद्यार्थी भर्ना लिन पाइन्छ। तर, अन्य विषयमा यसको अनुबन्धनले काम गरे पनि नर्सिङ कोर्सका लागि भने अस्ट्रेलियन नसिंङ एन्ड मिड वाइफरी एक्रिएडिएसन काउन्सिल (एन्म्याक) को अनुमति आवश्यक रहन्छ।
त्यसपछि पनि यी नर्सिङ पढाइ गरेका बिध्यार्थीलाई हस्पिटलमा इन्टर्नशिपका लागि, अस्ट्रेलियन हेल्थ प्राक्टीसनर रेगुलेटर एजेन्सी (अप्रा) को दर्ता नम्बर आवश्यक हुन्छ।
यी माथिका प्रारम्भीक तयारीको कयैन परीक्षणकै क्रममा धमाधम विद्यार्थी लिने र पढाइ सुरू गर्ने अनि कमाइहाल्ने प्रवृत्तिले विद्यार्थी नराम्रोसँग प्रभावित भएका छन्।
यसमा राम्रो कमिसनको चक्करमा विद्यार्थी तथा अभिभावकलाई नेपालमा जानकारी नदिइ भइहाल्छ र पाइहाल्छ भन्ने प्रवृत्तिले विद्यार्थीको भबिष्य अन्यौलमा परेको अध्यनरत एक विद्यार्थीले सेतोपाटीलाई बताए।
काउन्सिल फर इन्टरनेशनल स्टुडेन्ट अस्ट्रेलीया (सीसा) का केन्द्रीय अध्यक्ष विजय सापकोटा यो विषय गम्भीर रहेको र उनिहरूको ट्यूसन फी र आगामी पढाइका बारेमा सम्वन्धित निकायमा छलफल अगाडि बढाउने बताउँछन्।
अहिले प्रारम्भीक रूपमा कलेजको बदमासी प्रमाणित भएको छ, पहिलो चरणमा विद्यार्थीले तनाबवाट मुक्ति पाएका छन्। तर, उनिहरूको अगामी पढाइका बिषयमा रिलिज दिने वा पढेको बिषय जोडिने भन्ने अबको अर्को चरणमा छलफल हो, हामी त्यसमा लाग्नेछौ,’ अध्यक्ष सापकोटा सेतोपाटीसँग भने।
यस्ता समाधानहरू अरू पनि आउन सक्ने भएकाले राज्यले गम्भीर भएर नो अबजेक्सन लेटर दिनुअघि यहाँको विषयमा जानकारी दिने नीति बनाउनुपर्छ।
सनराइज कन्सल्टेन्सीबाट डेढ वर्ष अगाडि एआइबीटीमा पढन आएकी सद्रीसा खरेल आफूहरू पीआर र नागरिकताभन्दा पनि अस्ट्रेलिया पढ्न आएको र फीसँगै यो डेढ वर्षको पढाइ र क्षतिको जिम्मेबारी सम्वन्धित निकायले लिनुपर्ने बताउँछिन्।
‘हामीले संसारको कुनै कुनामा नचल्ने खोस्टोका लागि पढेका होइनौं, हामीलाई जुन ब्यवहार गरियो र यो ढेड वर्षको समय अनि भबिष्य बिगार्ने काम भयो सबैले यसको जिम्मेबारी लिनुपर्छ,’ उनले सेतोपाटीसँग भनिन्, ‘यो हामी सबै विद्यार्थीको भनाइ हो।’
अस्ट्रेलियन स्कील क्वालीटी अथोरोटीको मान्यता पाएपछि बिभिन्न प्रावधान राखेर सीओइ जारी गर्दै धमाधम विद्यार्थी भर्ना लिने र विषयका बारेमा स्पष्ट ज्ञान नहुँदा नेपाली विद्यार्थी अस्ट्रेलियामा मारमा परेका छन्।
यतिखेर ब्रिजबेन र सिड्नीमा रहेको एआइबीटी कलेजमा मात्र करिब एक हजारको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत छन्।
पढेर कोर्सको अन्तिम समयमा पुग्दा एन्म्याकले मान्यता नदिँदा विद्यार्थीहरू अन्यौलमा परेका हुन्।
एन्म्याकले पछिल्लो पटक भाषागत समस्या देखाउँदै इगंलिस भाषा परीक्षा आइएलटीएसमा सात अंक आउने विद्यार्थीलाई मात्र डिप्लोमा अफ नर्सिङ पढ्न पाउने निर्णय गरेपछि थप नेपाली विद्यार्थीहरू मर्कामा परेका छन्।
सन् २०१७ को अक्टोबरमा यो नियम जारी गरिए पनि त्यसअघि भर्ना भएका विद्यार्थीको हकमा यो नियम लागू नहुने बताइएको थियो। तर पछिल्लो समय कलेजमा भर्ना हुन सबै विद्यार्थीले अंग्रजी भाषा टेष्टमा अनिवार्य सात अंक ल्याउनुपर्ने भएपछि धेरै विद्यार्थी मर्कामा परेका हुन्। यो सँगै अष्ट्रेलियामा नर्सिङ कोर्स थप झन्झटिलो भएको छ।
‘केही नराम्रा प्रोभाइडरका कारण पनि सयौं राम्रा कलेज बदनाम हुँदैछन्, यस बिषयमा अस्ट्रेलियाको शैक्षिक निकाय गम्भीर हुनु जरूरि देखिएको छ’, सिड्नीका कानुन ब्यवसायी खिलेन्द्रराज तिम्सिनाले सेतोपाटीसँग भने, ‘यो एक डेढ वर्षमा दुई सय भन्दा बढी शैक्षिक संस्था बन्द गरिएका छन्, यो शैक्षिक क्षेत्रको लागि शुभ संकेत होइन। यस बिषयमा गम्भीररूपमा छलफल अगाडि बढाउनु जरूरि छ।’
उनले अष्ट्रेलिया पढ्न आउनुअघि हतार नगरी, सबै बुझेर मात्र आउन नेपाली विद्यार्थीलाई सुझाबसमेत दिएका छन्।
‘कतिपय कलेज पढ्दा पढ्दै बन्द हुने भए पनि विद्यार्थीहरूलाई त्यसको क्षतिपूर्तिको ब्यवस्था अष्ट्रेलियामा रहेको डीएम लिगलका तिम्सिनाले भने।
अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट एलाइन्स (एका) ले पनि मंगलबार साँझ बिज्ञप्ति जारी गर्दै विद्यार्थीको हितमा कलेजलाई निर्णय लिन आग्रह गर्दै आवश्यक सहयोगको लागि तयार रहेको बताएको छ।
कलेजले २८ दिन भित्र निर्णयको पुनरावोलकनका लागि माथिल्लो निकायमा अपिल गर्न पाउनेछ।@सेतोपाटी
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस