भरतपुर : भरतपुर महानगरका कार्यवाहक नगर प्रमुख चित्रसेन अधिकारीले महानगरका मुख्य बजार क्षेत्रमा रहेका अव्यवस्थित केबल नेटवर्कका तारहरुलाई तत्काल व्यवस्थापन गर्न ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाइ निर्देशन दिनु भएको छ ।
भरतपुर महानगरले मंगलबार ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग अव्यवस्थित केवल नेटवर्क व्यवस्थापनका सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रममा कम्पनीका प्रतिनिधिहरुलाई कुनै पनि बहानबाजी नगरी तत्काल कार्यन्वनय गर्न निर्देशन दिनुभएको हो ।
शहर सौन्दर्यिकरण, विपद् न्यूनीकरण जस्ता विषयहरुसँग जोडिएको मुद्दा भएको हुँदा यसमा गम्भीर भएर लाग्न महानगरमा सञ्चालित सबै सेवा प्रदायक कम्पनीहरुलाइ उहाँले निर्देशन दिनुभएको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, ८ का अध्यक्ष जिवनाथ कडेल, ३ का अध्यक्ष विकास थापा र ५ का अध्यक्ष युद्धप्रसाद श्रेष्ठले महानगर सफाइमा सबै एकजुट भएर लाग्नु पर्ने अवस्था आएको तर्क राखे ।
सामुहिक रुपमा एरिया छुट्टाएर सरसफाइमा लाग्नुपर्ने,सेवा प्रदायक कम्पनीहरुले तार छुट्टाएर मात्र सेवा उपलब्ध गराउनु पर्ने र वडा कार्यलय,विद्युत प्राधिकरण,नेपाल टेलिकम र सेवा प्रदायक कम्पनीहरु बिच समन्वय हुन खाचो रहेको समेत अध्यक्षहरुले औल्याएका छन् ।
भरतपुर महानगरपालिकामा हाल ३० भन्दा बढी ईन्टरनेट सेवा प्रदायक कम्पनीहरु रहेका छन् । महानगरपालिकाले वडा नम्बर १,२,३,र १० लाई ईन्टरनेटको मुख्य बजार पकेट क्षेत्रको रुपमा लिइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस