चितवन : चितवनमा दुई किलो ३० ग्राम लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले लागुऔषध र दुई लाख १६ हजार ५०० रुपैयाँसहित कालिकोटका ४० वर्षीय केशब बमलाई भरतपुर–१० चौबिसकोठीबाट आइतबार साँझ पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार चौबिसकोठीको पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा सार्वजनिक सवारीबाट ओर्लिई शंकास्पद रुपमा पैदल हिँडिरहेको अवस्थामा बमलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी चितवन प्रहरीले आज पत्रकार सम्मेलन गरी ३२ थान हराएका मोबाइलहरू फेला पारी सम्बन्धित धनीलाई बुझाइएको जनाएको छ । चितवनलगायत काठमाण्डौ, पर्सा, बारा, नवलपरासी, कास्की, रुपन्देही, महोत्तरीलगायतका जिल्लामा अन्य व्यक्तिले चलाइरहेको अवस्थामा विभिन्न कम्पनीका मोबाइलहरु फेला पारी आज मोबाइल धनीलाई बुझाइएको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस