चितवन,१७ माघ । चितवनको माडीमा सालनाल सहित नवजात शिशुको शव फेला परेको छ ।
माडी-७, गौरीनगरस्थित उपेन्द्र आचार्यको खेतमा रहेको सालको रुखमुनि मंगलवार बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेसंगै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
गर्भमा ९ महिना रही जन्मेको जस्तो देखिने सो पुरुष शिशु फाल्नेको खोजी भइरहेको माडी प्रहरीको भनाई छ । मृत शिशुको शव परीक्षणका लागि भरतपूर अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिनुभयो ।@न्युज कारखाना
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस