चितवनको सौराहामा नेपाल बार एशोशियनको दुई दिने मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन भोलि आइतबारबाट सुरु हुने भएको छ ।
देशभरबाट एक हजार २०० बढी कानुन व्यवसायी सहभागी हुने सम्मेलनबारे नेपाल बार एशोसिएसनले आज पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको उद्देश्यका बारेमा जानकारी गराएको हो ।
दुई दिनसम्म चल्ने कार्यक्रममा केन्द्रीय कार्यकारिणी परिषद्को ४९ औं बैठकको कानुन मन्त्री धनराज गुरुङ र मानव अधिकार गोष्ठीको सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । दुई दिने कार्यक्रममा देशभरबाट एक हजार ५०० बढी कानुन व्यवसायी सहभागी हुने नेपाल बार एशोसिएसनले जनाएको छ ।
चितवन जिल्ला अदालत बारको आतिथ्यता रहने कार्यक्रममा मंसिर २४ र २५ गते गरी दुई दिने मानव अधिकारसम्बन्धी सम्मेलन आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । बार एशोशियनको केन्द्रीय कार्यकारिणी परिषद्को ४९ औं बैठक अन्तर्गत सौराहाको होटल सेभेन स्टारमा हुने मानव अधिकार सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भएका मानव अधिकार उल्घंनका घटनाका विषयमा बृहत छलफल र बहस गरिने भएको एशोशियनका केन्द्रीय अध्यक्ष बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले पत्रकार सम्मेलनमा बताए ।
रुस तथा इजरालमा भएको मावन अधिकार हनन्का घटना बारे छलफल, बहस केन्द्रित भई चितवन सौराहा घोषणपत्र जारी गरिने घिमिरेले बताए । ईजरायलमा भएको घटनामा मारिएका १० नेपाली विद्यार्थी र बेपत्ता भएका विपीन जोशीको अबस्था सार्वजनिक गर्न सरकारलाई आग्रह समेत गरिने घिमिरेले बताए ।
सम्मेलनमा विश्वभरी र नेपालमा घटेका मानव अधिकार उल्लंघनका घटना, नेपाल सरकारको कार्यशैली र उसको दायित्वको विषयमा छलफल हुने जनाइएको छ । टिकटक बन्द गर्ने सरकारको कदमले प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भएको ठहर गर्दै बारले यसको विषयमा समेत संस्थागत रुपमा धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस