चितनव, मंसिर २३-
चितवनको माडी नगरपालिकामा बोलेरोले ठक्कर दिँदा शिक्षकको मृत्यु भएको छ । शनिवार साँझ बरुवा स्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकलमा सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो ।
बेलेरोको ठक्करबाट गभ्भिर घाइते भएका खत्रीको बगौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ । मृतक खत्रीले माडीको सोमेश्वर माध्यमिक विद्यालयमा पढाउँदै आएका थिए । मृतक पौडेल सुर्खेतको सिन्ता गाउँपालिका ३ आग्रीगाउँ निवासी हुन् । यस्तै अन्य दुई जना घाईते भएका छन् ।
मोटरसाइकलमा सवार सोही विद्यालयका लेखापाल सुर्य अधिकारी र शिक्षक भुवानी पौडेल घाइते भएका छन् । गम्भिर घाइते भएका अधिकारीको थप उपचारका लागि भरतपुर अस्पताल ल्याउने तयारी भएको छ । पौडेलको अहिले बगौडा अस्पतालमा उपचार भइरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस