फिल्म ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई आउँदो बर्षको जेठ १८ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । नबिन सुब्बाको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, प्रशन राई र पशुपति राइको अभिनय छ ।
अमोद राई र नबिन सुब्बाको निर्माणमा तयार भएको फिल्ममा महेश राई र नबिन सुब्बाको पटकथा छ ।
यो फिल्मले गाउँमा बाटो आएपछि बाबु र छोराको सम्बन्धमा देखिने उतारचढावको कथालाई भन्छ । फिल्म विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा समेत सहभागी भइसकेको छ ।
मेन्क्षायम पिक्चर्स र बाँसुरी फिल्मसको ब्यानरमा यो फिल्मको निर्माण भएको हो । निर्देशक नबिन सुब्बा अर्गानिक कथालाई टपक्क टिपेर फिल्म बनाउन माहिर मानिन्छन् । यसैले, यो फिल्मबाट पनि दर्शकले नयाँ प्रस्तुतिको अपेक्षा गर्न सक्नेछन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस