टिकटक हुँदै म्युजिक भिडियोमा जमेर फिल्ममा पाइला राखिरहेका मोडल हुन्, गरिमा शर्मा र उषा उप्रेति । टिकटकबाट उदाएर म्युजिक भिडियोमा काम गरेका धेरै मोडल हराइसकेका छन् । गरिमा र उषाले भने आफूलाई अहिलेसम्म यो क्षेत्रमा बलियो रुपमा अगाडि बढाइरहेका छन् ।
मोडल उषा उप्रेतीले एक भोजपुरी फिल्मको गीतमा मात्र अभिनय गर्ने मौका पाएकी छिन् । उनी, आफू सही समयको पर्खाइ रहेको बताएकी छिन् ।
यता, मोडल गरिमा शर्मालाई भने फिल्मको अफर नै अफर छ । उनले, ‘लण्डन टू पेरिस’को काम सके पनि रिलिजको टुंगो लाग्न सकेको छैन । ‘ह्स्व दीर्घ’को दोस्रो सेड्यूलको छायांकन अर्को साताबाट सुरु हुँदैछ ।
गरिमाले फिल्म ‘राजामहल’मा पनि काम गर्दैछिन् । यो फिल्ममा उनको साथमा आँचल शर्मा, रमेश उप्रेती, सलोन बस्नेतले काम गर्नेछन् । हालै मात्र उनलाई एउटा फिल्मको अफर आएको बुझिएको छ ।
उनले फिल्म ‘दौँतरी’ साइन गरेर बसेकी छिन् तर यो फिल्म बन्ने वा नबन्ने टुंगो छैन । गरिमाले भने आफूलाई नायिकाको रुपमा स्थापित गर्ने छनक देखाएकी छिन् । उषाले भने अझै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
नेपाली फिल्म क्षेत्रमा दुई दर्जन बढी नायिका छन् । तर, एक दर्जनले मात्र राम्रो काम पाइरहेका छन् । यस्तो अवस्थामा नयाँ नायिकाहरूको प्रवेश फिल्म क्षेत्रका लागि सुखद त हो, तर उनीहरूले आफूलाई नै अब्बल बनाउन आवश्यक देखिन्छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस