काठमाडौं । गाजामा युद्धविरामको दोस्रो दिन हमासले थप १७ बन्धकलाई रिहाइ गरेको छ । १३ इजराइली र चार थाइ बन्धकलाई मुक्त गरेको हो ।
बदलामा वेस्ट बैंकमा इजरायलले थप ३९ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको बताएको छ ।
कतारको मध्यस्थतामा भएको चार दिने युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिएको जनाइएको छ ।
इजरायल र हमासले धमाधम कैदी र बन्धकको रिहाइ गरिरहँदा हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइ हुन सकेको छैन
हमासले गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा लगभग २४० जनालाई अपहरण गरेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस