इजरायलमा प्यालेष्टिनी हमास विद्रोही समूहको आक्रमणमा मारिएका १० मध्ये बाँकी दुई नेपाली विद्यार्थीको शव पहिचान भएको छ ।
सुनसरीको मधुवन १ का राजेशकुमार स्वर्णकार र सपही–६, धनुषाका अनन्द साहको शव पहिचान भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
दक्षिणी इजरायलमा गत असोज २० गते हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । अरु आठको यसअघि पहिचान भएपछि पाँचको शव स्वदेशमा ल्याएर अन्त्येष्टि गरिसकिएको छ ।
यसअघि बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको थियो । तेल अभिभस्थित दूतावासले हिजो जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आवश्यक प्रक्रिया पूरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।’
ती सबै सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । कञ्चनपुरको भीमदत्त–३ का विपीन जोशीको अवस्था हालसम्म अज्ञात छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस