चितवन, नारायणी नदीको पुल छेउबाट गाडी खसेको छ । पश्चिमबाट पूर्व जान आउदै गरेको लु २ च १५७० नम्बरको टाटागाडी नदी किनारमा खसेको हो । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक रिता पौडेलले मध्यरातमा मादकपदार्थ सेवन गरेका चालकले गाडी हुइक्याउदा दुर्घटना भएको बताउनुभयो । दुर्घटनामा मानविय क्षति भएको छैन । गाडीलाई क्रेनको सहायताले बाहिर निकालिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस