चितवन, पछिल्लो दुई दशकदेखि नेपालमा शैक्षिक परामर्श केन्द्रको व्यवसाय निकै फस्टाएको छ । शुरुका बर्षमा राजधानीमा मात्र केन्द्रित शैक्षिक परामर्श केन्द्रहरू अहिले अन्य शहर हुँदै देशभर फैलिएका छन् र फैलने क्रम अझै जारी छ। विदेशका कलेज/विश्वविद्यालयमा पढ्नका लागि परामर्श दिने यस्ता केन्द्रहरूले विद्यार्थीका लागि आवश्यक कागजात बनाउन सघाउनेदेखि आईईएलटीएस, पिटीई टोफल, जिम्याट, जापानी भाषा जस्ता विभिन्न योग्यता परीक्षाका तयारी कक्षा पनि सञ्चालन गरिरहेका छन् ।
नेपाली विद्यार्थी विदेशका कलेज, विश्वविद्यालयमा पढ्न जाने क्रम मात्रै बढेको छैन, नेपालमा शैक्षिक परामर्श केन्द्र पनि बढेको छ । नेपालमा शैक्षिक परामर्श केन्द्र बढे सगै नेपालमा शैक्षिक परामर्श को क्षेत्र मा प्रतिस्पर्दा पनि उतिनै बढेर गयको छ । नेपालमा शैक्षिक परामर्श क्षेत्र मा प्रतिस्पर्दा बढे सगै नेपालमा शैक्षिक परामर्श केन्द्रले विद्यार्थीलाई सुबिधा पनि उपलब्ध पनि गराउदै आइरहेका छन् भने केहि शैक्षिक परामर्श केन्द्रले विद्यार्थी लाई दिने सेबा सुबिधा को नाम मा विभिन्न प्रलोभन का बिज्ञापनमा आस्वासन जस्ता कुराहरु निशुल्क आईईएलटीएस, पिटीई टोफल, जिम्याट, जापानी भाषा निशुल्क भाषा, सित्तैमा अप्प्लाई देखी १००% छात्रवृत्ति सम्म देखायार विद्यार्थी लाई सुरुमा आफूतिर आकर्षण गर्ने र अन्तिमा अप्लाई गर्ने समयमा बिभिन्न कुरा को लागी भन्दै विद्यार्थी सग मोटो रकम असुल्ने गरेको समेत देखिन आयको छ ।
के हो त निशुल्क भाषा भनेको ?
विद्यार्थी ले आफुले अप्प्लाई गरेर जान चाहेको देशको नियम अनुसार भाषा पढेर परीक्षा दियर या नदिकन पनि अप्पलाई गर्न सक्नेछन । जस्तो अस्ट्रेलिया क्यानाडा अमेरिका अप्पलाई गर्ने विद्यार्थी ले आईईएलटीएस, पिटीई टोफल, जिम्याट, जस्ता भाषा पढेर परीक्षा दियर अप्पलाई को लागि योग्य नम्बर आय पछि मात्र अप्पलाई गर्छन् भने जापान मा अप्पलाई गर्ने विद्यार्थी ले भाषा पढेर परीक्षा दियर या नदिकन पनि अप्पलाई गर्ने गरिन्छ ।
कुनै विद्यार्थी ले आफुले अप्प्लाई गरेर जान चाहेको देश मा अप्प्लाई गर्न को लागी शैक्षिक परामर्श केन्द्रले आफ्नो शैक्षिक परामर्श केन्द्रको नियम अनुसार शुल्क लियर अथवा नलिकन पढाउने गर्दछन। र यसरी पढाउदा कुन विद्यार्थी लाई कुन अबस्थामा निशुल्क पढाउ कुन अबस्थामा शुल्क लियर कुन अबस्थामा भनेर शैक्षिक परामर्श केन्द्रले नै विद्यार्थी सगको सहमतिमा निर्णय गर्न सक्दछन्। जस्तो अप्पलाई गरेको अवस्था मा निशुल्क भिसा भयको अबस्तामा निशुल्क जस्ता कुराहरु ।
तर बिज्ञापनमा निशुल्क भन्ने अनि शैक्षिक परामर्श केन्द्रको सहमति अनुसार विद्यार्थी ले नियम पालना गर्दा पनि शैक्षिक परामर्श दाताले विद्यार्थी सग भाषा शुल्क भनेर पैसा असुल्छ भने त्यसलाई सरासर विद्यार्थी लाई झुक्काउनको लागि गलत बिज्ञापन गरेको र विद्यार्थी लाई ठगि गरेको भन्ने बुझिन्छ। चितवनमा बिज्ञापनमा निशुल्क भन्ने अनि विद्यार्थी सग भाषा शुल्क भनेर पैसा असुल्ने हरुको बारेमा अर्को समाचारमा नाम सहित आउने छौ ।
के हो त सित्तैमा अप्प्लाई भनेको ?
विद्यार्थी ले आफुले अप्प्लाई गरेर जान चाहेको देशको नियम अनुसार अप्पलाई गर्न को लागी आबस्यक पर्ने डकुमेन्ट विद्यार्थी ले शैक्षिक परामर्श केन्द्र लाई बुझाउने छ । शैक्षिक परामर्श केन्द्रले विद्यार्थी बाट डकुमेन्ट लिसके पछी विद्यार्थी ले आफुले अप्प्लाई गरेर जान चाहेको देशको नियम अनुसार डकुमेन्ट तयार गर्न को लागि शैक्षिक परामर्श केन्द्रले आफ्नो सस्थाको नियम अनुसार शुल्क लियर अथवा नलिकन निशुल्क गर्न सक्दछ र विद्यार्थी ले शैक्षिक परामर्श केन्द्र को नियम अनुसार शुल्क तिर्ने पनि गर्दछन्।
तर यदि कुनै शैक्षिक परामर्श केन्द्रले आफ्नो बिज्ञापनमा निशुल्क भनेर बिज्ञापन गरेको छ तर विद्यार्थी सग अप्पलाई शुल्क लिन्छ भने त्यसलाई सरासर निशुल्क को नाम देखायर ठगि गरेको भन्ने बुझिन्छ।
जस्तो जापान अप्लाई गर्ने शैक्षिक परामर्श केन्द्रले आफ्नो बिज्ञापनमा निशुल्क भनेर बिज्ञापन गरेको छ भने उसले विद्यार्थीलाई अप्लाई गर्नको लागी आबस्यक पर्ने डकुमेन्ट को बारेमा जानकारी गरिदिने र विद्यार्थी ले ल्यायको सबै डकुमेन्ट लाई जापान अप्लाई गर्नको लागि आबस्यक प्रक्रिया पुरा गर्ने जस्तो डकुमेन्ट चेक गर्ने देखि लियर कलेज को फर्म भर्ने सबै डकुमेन्ट लाई जापानिज भाषा मा परिबर्तन गर्ने र विद्यार्थीको सबै डकुमेन्ट लाई जापान समबन्धित् कलेज मा पठायर अप्लाई गर्ने काम लाई मात्र अप्लाई भनिन्छ। यो सबै काम गरेबापत शैक्षिक परामर्श केन्द्रले कुनै पनि शुल्क लिदैन भने त्यसलाई निशुल्क अप्लाई भनिन्छ । बिज्ञापन मा निशुल्क अप्लाई भनेर बिज्ञापन गर्ने र अप्लाई भनेको फर्म भर्नु हो अरु गरेको पैसा लाग्छ भन्छ भने तेस्लाई ठगि भन्ने बुझिन्छ। चितवनमा बिज्ञापनमा निशुल्क भन्ने अनि विद्यार्थी सग अप्लाई शुल्क भनेर पैसा असुल्ने हरुको बारेमा अर्को समाचारमा नाम सहित आउने छौ ।
के हो त १००% सम्म छात्रवृत्ति भनेको ?
नेपाली विद्यार्थी विदेशका कलेज, विश्वविद्यालयमा पढ्न जाने क्रम मात्रै बढेको यो सगै विदेशका कलेज, विश्वविद्यालयमा पढ्न जाने विद्यार्थी लाई कलेज तथा विश्वविद्यालय हरुले पनि छात्रवृत्ति दिने गर्दछन। छात्रवृत्ति भन्नाले नेपाली विद्यार्थीले पढ्न चाहेको कलेज तथा विश्वविद्यालय को शुल्क पठाउदा आफुले पायको छात्रवृत्ति घटायर पठाउने भन्ने बुझिन्छ।
पछिल्लो समयमा आयर जापान अप्लाई गर्ने शैक्षिक परामर्श केन्द्रले पनि १००% सम्म छात्रवृत्ति भनेर बिज्ञापन गरेको देखिन आयको छ । जापान अप्लाई गर्ने विद्यार्थी ले १००% सम्म छात्रवृत्ति पायर जापान अध्यान गर्न जान पाउनु भनेको हामी नेपाली विद्यार्थीको लागी धेरै खुसीको कुरा हो तर जापान मा नेपाली विद्यार्थी पढ्न जाने भनेको भाषा पढ्न को लागी हो र भाषा पढ्न जादा छात्रवृत्ति पाउन कठिनाई नै होला ।
तर शैक्षिक परामर्श केन्द्रले विद्यार्थी लाई छात्रवृत्ति दिलायर विदेश पढ्न जान पाउनु हामी नेपाली विद्यार्थीको लागी धेरै खुसीको कुरा हो। जापान अप्लाई गर्ने शैक्षिक परामर्श केन्द्रले १००% सम्म छात्रवृत्ति भनेर बिज्ञापन गरेको जस्तो विद्यार्थीले पनि पायर पढ्न जना पाउन यो नै हाम्रो कामना छ।
चितवनमा बिज्ञापनमा १००% सम्म छात्रवृत्ति भनेर बिज्ञापन गरेको कुन कुन शैक्षिक परामर्श केन्द्रले यो बिज्ञापन लाई देखायर ठगी खाने भाडो बनायक छन् कि साच्चै १००% सम्म छात्रवृत्ति सम्म पठायका छन् । यो बारेमा अर्को समाचारमा नाम सहित आउने छौ ।
माथिको सबै कुरा हेर्दा र शैक्षिक परामर्श केन्द्रले बिज्ञापन मा भने अनुसार हो भने विद्यार्थी विदेशको लै कलेज, विश्वविद्यालयमा पढ्न जान नेपालमा शैक्षिक परामर्श केन्द्रमा गयर भाषा पढ्दा देखी अप्लाई गरेर विदेश जादा सम्म र कलेज, विश्वविद्यालयमा पनि कुनै शुल्क तिर्न नपर्ने देखिन आउछ।
के यो यथार्थ होत ? शैक्षिक परामर्शको क्षेत्रमा चितवन ले छलाङ्ग मरेकै होत? चितवन बाट विदेशको कलेज, विश्वविद्यालयमा पढ्न जाने निशुल्क भाषा, सित्तैमा अप्प्लाई देखी १००% सम्म छात्रवृत्ति पायर अहिले सम्मान कति जना गय यो बारेमा अध्यान गर्नु पर्ने देखिन्छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस