चितवन ३ मा प्रतिनिधि र प्रदेश सभा सदस्य दुवैमा राप्रपाको अग्रता ।
२०७९ मंसिर ९, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
हेल्लो चितवन अन्लाईन् (१ साल अघि)
भरतपुर । चितवन क्षेत्र नं. ३ मा प्रतिनिधि र प्रदेश सभा सदस्य दुवैमा राप्रपाको अग्रता रहेको छ। भरतपुरका सबै वार्ड सकिंएर माडी १, २, ३ गनिसक्दा उनी ९३३७ अगाडी रहेकाछन्। विक्रमपाण्डे ३० हजार ६ सय ५६ ल्याएका छन भने उनँका निकट्तम प्रतिद्धन्दी गठबन्धनका साझा उमेदवार डा. भोजराज अधिकारी २१ हजार ३ सय १९ मत छ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी जिता बराल १३ हजार ८ सय ०७ मत ल्याउदाँ स्वतन्त्र उमेदजार दिनेश कोइराला १० हजार ८ सय ०७ मत प्राप्त गरेका छन्। चितवन ३ को प्रदेश ख मा राप्रपाकि रिना गुरुङ ११ हजार ४ सय १० सहित अग्र स्थानमा छन। उनकि प्रतिद्धन्दी गठबन्धनका साझा उमेदवार ठाकुर ढकालले १० हजार ४ सय ५३ मत पाउनु भएको छ भने एमालेकि सरस्वती विष्ट ६ हजार ७ सय १३ मत ल्याएकि छन्।
प्रतिक्रिया दिनुहोस