काठमाडौँ – रसियाको मस्को स्थिति नेपाली दूतावासले नेपाली शैक्षिक परामर्श व्यवसायीहरुलाई भ्रमको खेति नगर्न आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै भ्रमको खेति गर्दै विद्यार्थीलाई अलपत्र पार्ने काम नगर्न आग्रह गरेको हो ।
मस्कोस्थित नेपाली राजदूतावासले रसिया हुँदै युरोप छिर्ने प्रलोभनमा परेर नआउन नेपालीहरुलाई आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै दूतावास कार्यालयले रसियाबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको र रसियामा आकर्षक रोजगारीको अवसर रहेको भन्ने प्रलोभनमा परी मोटो रकम बुझाएर आएका नेपालीहरु अलपत्र परेको घटना उल्लेख गरेको छ ।
त्यसरी रसिया पुगेका नेपाली परिवारबाट सम्पर्कविहीन भएको एवम् ठूलो मानसिक तनावमा रहेको भनी परिवारबाट खोजीको लागि अनुरोध आएको भन्दै त्यस्तो प्रलोभनमा नपर्न विज्ञप्तिमा भनिएको छ ।
‘रसियाबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको र रसियामा आकर्षक रोजगारीको अवसर रहेको भन्ने प्रलोभनमा परी मोटो रकम बुझाएर आएको तर यहाँका परामर्श केन्द्रहरुले कबुल गरे बमोजिमको अवसर नरहेको र भाषागत समस्या हुनाले दैनिकी कष्टकर रहने छ,’ विज्ञिप्तमा उल्लेख गरिएको छ,‘त्यसरी आएका नेपाली परिवारबाट सम्पर्कविहीन भएको एवं ठूलो मानसिक तनावमा रहेको भनी विद्यार्थी परिवारबाट खोजीको लागि अनुरोध आएको भन्दै त्यस्तो प्रलोभनमा नपर्न अनुरोध गर्दछौं।’
रुसी महासंघमा राम्रा विश्वविद्यालय रहेको र नितान्त रुपमा अध्ययनका लागि आउने विद्यार्थीलाई अवसर रहेको तर भाषिक ज्ञानको अभावमा र यहाँको वास्तविकता नबुझी आउँदा समस्यामा पर्ने हुँदा सचेत हुन समेत विज्ञप्तिमा अनुरोध गरिएको छ । त्यस्तै अलपत्र परेका नेपालीहरु सम्पर्कमा आउन दूतावासले आग्रह गरेको छ ।
स्टुडेण्ट भिसामा रूसी महासंघ आउँदा नितान्त अध्ययन बाहेक अन्य कुनै प्रकारको आश्वासन–प्रलोभनमा नपर्नुहुन नेपाली विद्यार्थी तथा अभिभावकहरु अपिल गरेको छ । दूतावासले थप जानकारीका लागि दुई जना कर्मचारीको सम्पर्क नम्बर पनि सार्वजनिक गरेको छ ।
स्टुडेण्ट भिसामा रूसी महासंघ आउँदा नितान्त अध्ययन बाहेक अन्य कुनै प्रकारको आश्वासन–प्रलोभनमा नपर्नुहुन नेपाली विद्यार्थी तथा अभिभावकहरु अपिल गरेको छ । दूतावासले थप जानकारीका लागि दुई जना कर्मचारीको सम्पर्क नम्बर पनि सार्वजनिक गरेको छ ।
रसियामा समस्यामा द्वितीय सचिव सुशील घिमिरे र सहचारी राज कुमार बस्नेतलाई सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस