काठमाडौं, सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर सरकारले पेट्रोलमा प्रति लिटर २० र डिजलमा २९ रुपैयाँ घटाएको हो। अब पेट्रोल प्रति लिटर १७९ रुपैयाँ र डिजेल प्रति लिटर १६३ रुपैयाँ प्रति लिटर कामय भएको छ। यो निर्णय शनिबार राती १२ बजेदेखि कार्यान्वयनमा आउने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुले पत्रकार सम्मेलनमा जानकारी दिए ।
काठमाडौँमा अब पेट्रोल प्रतिलिटर १७९ र डिजेल प्रतिलिटर १६३ मा पाइने छ । कर घटाएर मूल्य समायोजन गर्ने निर्णय भएको बडुले जानकारी दिए । प्रचलित कानुन र नियमभन्दा बाहिर गएर मूल्य बढाए कारबाही गर्ने उनले चेतावनी दिएका छन् ।
यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई सुझाव दिएको थियो ।
यसअघि पेट्रोलको प्रति लिटर १९९ र डिजेलको १९२ रुपैयाँ थियो। सत्ता गठबन्धनको शनिवार बसेको बैठकमा पेट्रोलियम पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको हो।
बैठकमा मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने सहमति भएको हो। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो।
नेपाल आयल निगमले ६ दिनअघि आइतबार मध्यरातमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। सो समयमा निगमले एकैचोटी पेट्रोलमा २१ रुपैयाँ र डिजेलमा २७ रुपैयाँले बढाएको थियो। मूल्य वृद्धिको चर्को विरोध भइरहेको थियो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस