चितवन, २०७७ साल माघ १८ गते विधिवत रुपमा उद्घाटन गरिएको उक्त तौलपुल (धर्मकाँटा) हाल बागमती प्रदेश ट्राफिक कार्यालयले हेर्दै आएको छ । तोकिएकोभन्दा बढी लोड बोक्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराउँछ । तौलपुलमा नारायणगढ–मुग्लिन सडकखण्ड भएर काठमाडौँ, पोखरा जाने मालवाहक गाडीको तौल मापन गर्दै आएको थियो ।
राजमार्ग सँगै रहेको उक्त तौल पुलको क्षमता ८० टनको छ । १८ मिटर लम्वाइ रहेको उक्त पुलसँगै कार्यालय तथा आवास प्रयोजनका लागि तीन कोठाको भवन, कन्ट्रोल रुम, सार्वजनिक शौचालय, विद्युत, टेलिफोन खानेपानी तथा सीसी क्यामेरा समेत जडान गरिएको छ । उक्त तौल पुल निर्माणका लागि दुई वटा ठेक्का सम्झौता भएको थियो ।
एउटा ठेक्काबाट ६७ लाख ८४ हजार ७५८ रुपैयामा तौल पुल तथा भवनको निर्माण गरिएको थियो भने अर्को ठेक्कबाट ५३ लाख ८८ हजार ९०७ रुपैयाका सामान आयात गरिएको थियो । उक्त तौल पुल लगायत सम्पूर्ण भौतिक सामाग्रीहरु तयार पार्न कूल १ करोड २१ लाख ७३ हजार ६६५ रुपैया लागेको यातायात व्यवस्था विभागले जनाएको छ ।
तौलपुल निर्माण भएपछि हालसम्म भार मापनका आधारमा बढी लोड बोक्ने झन्डै ३६ हजार सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
उनीहरुबाट तीन करोड ८५ लाख ४९ हजार रूपैयाँ राजस्व संकलन गरिएको छ । अत्यधिक लोड बोकेका १८० सवारीसाधनलाई यातायात कार्यालयमार्फत कारबाही गरी ६० लाख पाँच हजार रूपैयाँ राजस्व उठाइएको छ ।
चालू आव २०७८÷७९ को पाँच महिनामा मात्रै ट्राफिक प्रहरीबाट १० हजार ८५० र यातायात कार्यालयमार्फत १६१ वटा मालवाहक सवारीसाधन कारबाहीमा परेका छन् ।
करोड बढी खर्चिएर निर्माण गरिएको तौलपुल बिग्रिएको छ । एक महिनाअघि बिग्रिएको तौलपुल अझै सञ्चालनमा आउन सकेको छैन ।
तौलपुलमा भार मापन गर्ने क्रममा मालवाहक गाडी अचानक बिग्रिएर पुलमा ठोक्किन पुग्दा तौलपुलको लोड सेल भाँचिएको हो । लोड सेल भाँचिएपछि तौलपुल बन्द गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी कार्यलयले बतायको छ।
पटक पटक सबैको कमाई खाने भाडो भयको भनि चर्चामा आयको तौलपुल बिग्रिएको महिनौ सम्म पनि संचालन मा नआउदा सबारी चालक क साथै अन्य सम्बन्धित निकायका हरुलाई पनि हाईसन्चो मिलेको छ ।
राजमार्गमा हिँड्ने मालवाहक सवारी साधनले क्षमता भन्दा वढि लोड बोकेमा सडकको आयू घट्ने र दुर्घटना हुने सम्भावना भएकाले त्यस्ता बढि भार बोक्ने सवारी साधनलाई नियमन तथा निन्यत्रणमा ल्याउनका लागि यस्ता तौल पुलले महत्वपूर्ण भूमिका खेल्न गर्दछ । यस कुरामा सम्बन्धित निकायको ध्यान जाओस।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस