सर्लाहीको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी बाबुराम खतिवडालाई दिइएको छ। गृह मन्त्रालयले त्यहाँ कार्यरत रामकुमार महतोलाई कारबाही गर्दै खतिवडालाई जिम्मेवारी दिएको हो।
यस्तै, सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी बल, नेपालका एसपी गंगाराम श्रेष्ठमाथि कारबाही भएको छ। प्रहरीका अधिकारी र सीडिओसहित बसेर जुवातास खेलेको भिडिओसहितको समाचार हेल्लाे चितवन अनलाइनले प्रकाशित गरेको थियो। गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रालयमा तानेर महतोलाई आवश्यक कारबाही गरिनेछ।
प्रदेश २ प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले प्रहरी प्रधान कार्यालयले एसपीद्वय रानाभाट र राठोरको काज सरुवा गरिएको जानकारी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस